को हुन् एमालेकी उपाध्यक्ष बनेकी २५ वर्षीया युवती ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

धनगढी, धनगढीकी २५ वर्षीया कोपिला कुँवर चौलागाई नेकपा एमालेको वडा अधिवेशनमा निर्वाचित भएकी छिन्। उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा वडा उपाध्यक्षमा चयन भएकी हुन्।

फूलबाट मनग्य आम्दानी

नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन्। घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन्।

तिहार सुरु हुन दुई/तीन दिन बाँकी छँदै अहिले फूल खोज्न व्यापारी बस्ती–बस्तीमा पसेका छन्। घरआँगन परिसरमा ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमली फूल ‘ल, मलाई दिनुहोला’ भन्दै व्यापारीले हातहातमा अग्रिम पैसा थमाएपछि गृहिणीहरूमा खुशी छाएको हो।

“यो आँगनको फूलले आम्दानी देला भन्ने त सोचिएकै थिएन, आम्दानी लिने गरी लगाइएको पनि होइन”, भङ्गाहा नगरपालिका–४ रामनगरका रसिया चौधरी थारूले भनिन्, “अहिले व्यापारी आफैँ घर आएर ३०/३५ बोटको फूललाई ‘एक हजार दिन्छु’ भन्दै बैना (अग्रिम पेश्की) थमाएर गएका छन्।

तिहारताका फुल्ने फूलबाट अहिले नसोचेको अतिरिक्त आम्दानी भएको उनको भनाइ छ। यसले पर्वको मुखमा सानातिना फुटकर खर्च गर्न पाइएको उनी बताउँछन्।

महोत्तरीका ग्रामीण बस्तीमा अहिले चौधरीजस्तै थुप्रै गृहिणीले घरआँगनको फूलबाट अतिरिक्त आम्दानी पाएका छन्। बस्ती–बस्ती पसेका फूल व्यापारीले हातहातमै पैसा थमाइदिएपछि फूल पनि आम्दानीको स्रोत रहेछ भन्ने चेत खुलेको यहाँका सर्वसाधारण गृहिणीको भनाइ छ।

बर्दिबास–६ का रेवती पोखरेलले भन्नुभयो “हैन, राम्रै रकम पाइँदोरहेछ, अब त तिहारताका फुल्ने गरी फूलका बोट बढाएर रोप्न पर्ला। शनिबार आँगन वरिपरिको लगभग ५० बोटका फूलवापत एक हजार ५०० रकम पाए।”

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 175
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    175
    Shares

प्रतिक्रिया दिनुहोस !