म प्रधानमन्त्री हुने पक्का भएपछि ओलीले ष’ड्य’न्त्र गर्नुभयो: प्रचण्ड

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही दिनपछि आफू प्रधानमन्त्री बन्ने पक्कापक्कि भएपछि केपी ओलीले संसद विघटन गरेको खुलासा गरेका छन् ।

२०७७ पुष ५ गतेभन्दा पहिला आफू प्रधानमन्त्री बन्ने लगभग पक्का भएपछि विदेशी शक्तिको आडमा तत्कालिन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए ।

नेकपा (माओवादी केन्द्र) कीर्तिपुरले आयोजना गरेको शुभकामना अदानपर्दान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले ओलीलाई २५ प्रतिशतमा सिमित पार्न सफल भएको बताए ।

‘नेपालमा कम्युनिस्ट एक भएको प्रतिक्रियावादी शक्तिलाई शैय भएको थिएन् । माओवादी शक्तिशाली भएको कुरा झन् पाच्य हुने कुरै भएन ।’ उनले भने, ‘त्यसका लागि विदेशी शक्तिले ओलीलाई प्रयोग गरे । त्यो लडाईमा हामी सफल भयौ ।’

‘तत्कालिन नेकपा हामीले कब्जामा लिइसकेका थियौँ । ७५ प्रतिशत पार्टी हाम्रो कब्जामा थियो ।’ आफ्नै पुरानो निर्वाचन क्षेत्रमा पुगेका उनले भने, ‘ओलीसँग जम्मा २५ प्रतिशत पार्टी थियो ।

त्यो माओवादी मात्र भएको सम्भव भएको होइन, एमालेको ठूलो हिस्सा हाम्रो साथमा थियो ।’ आफू प्रधानमन्त्री बन्न केही दिनमात्र बाँकी रहँदा ओलीले संसद विघटन गरेको बताए ।

‘हामीले ओलीलाई हटाएर नयाँ सरकार बनाउने विषयमा पुरा तयारी गरिसकेको थियौँ ।’ उनले भने, ‘संसदीय दलबाट आलीलाई हटाएर म बहुमतले संसदीय दलको नेता भइसकेको थिए । केही दिनमा प्रधानमन्त्री हुने पक्का भएको थियो ।’

नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको तत्कालिन नेकपा ओलीको षड्यन्त्रका कारण विदेशी शक्तिको इसारामा एकता भंग भएको बताए ।

‘नेकपाको राजनीतिक प्रतिवेदन, एकताका बेलामा भएका सहमति, आलो पालो प्रधानमन्त्रीको कुरा सबै दस्तावेज अध्ययन गर्नुभयो भने त्यहाँ हाम्रो जित भएको थियो ।’ उनले भने, ‘संघियता, गणतन्त्र, सामावेशिता, धर्मनिरपेक्षता जुनयु्द्धले स्थापित गरेका एजेण्डा हुन् भनेर ओलीले हस्ताक्षर गरेका छन् ।

त्यहाँ हाम्रो जित भएको थियो । त्यो पनि विदेशी शक्तिलाई पाच्य भएन् ।’‘यी कुराहरु अब जनतामा लिएर जानुहास् । नेकपा ओलीका कारण भंग भएको भनेर स्थापित गर्नुहोस् ।’ उनले भने ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 217
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    217
    Shares

प्रतिक्रिया दिनुहोस !