प्रचण्डले आफ्नै घरबेटीमाथि लिए एक्सन !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै घरबेटीमाथि एक्सन लिएका छन् ।

प्रचण्डका घरभेटी शारदा अधिकारीले ठेक्का लिएको सात वर्ष बितिसक्दा पनि नगरकोटको सडक नबनाएपछि प्रचण्डले छिटो निर्माण सम्पन्न गर्न दवाव दिएका हुन । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलले प्रचण्डलाई भेटी बाटो निर्माणमा ढिलाइ भइरहेको भन्दै गुनासो गरेका थिए ।

भेटपछि वर्षौंदेखि अलपत्र परेको भक्तपुर नगरकोट सडक आगामी ४५ दिनभित्र निर्माण सम्पन्न गर्नेबारे छलफल पछि निश्कर्षमा पुगेको मन्त्री भँडेलले जानकारी दिए ।

उक्त सडक अझै निर्माण सम्पन्न नभई अलपत्र परेपछि हालै मन्त्री बनेका भक्तपुर चाँगुनारायण निवासी मन्त्री भँडेलले अध्यक्ष दाहालसँग भेट गरी सडक निर्माण छिटो सम्पन्न गर्न पहल गरिदिन आग्रह गरेका थिए ।

मन्त्री भँडेलले अध्यक्ष दाहालसँग नगरकोट सडकखण्ड नबन्दा लामो समयदेखि पर्यटन तथा स्थानीय जनताले ठूलो दुःख पाउनुपरेको बताएपछि अध्यक्ष दाहाल सडक समयमै सम्पन्न गर्न पहल गर्ने आश्वासन दिएको जानकारी दिए ।

दाहाल निवासबाटै मन्त्री भँडेलले निर्माण व्यवसायी अधिकारीसँग टेलिफोनमा कुराकानी गरेको र अधिकारीले आगामी ४५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ थियो ।

घरबेटीका कारण प्रचण्ड बेलाबलामा चर्चामा आइरहन्छन् । काठमाडौँ बस्नका लागि प्रचण्डको आफ्नै घर छैन् । उनी निर्माण व्यवसायी अधिकारीको खुमल्टार स्थीत घरमा बसिरहेका छन् । लाजिमबाट बसाई असुरक्षीत भएपछि प्रचण्ड कही बर्षअघि खुमल्टार सरेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

प्रतिक्रिया दिनुहोस !