केपी ओलीको घोषणा ‘यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार दिनदिनै खुइलिँदै जाने टिप्पणी गरेका छन् ।

सोमबार एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार चल्दै जान्छ, लुतो लागेको कुकुरजस्तो खुइँलिदै जान्छ । यिनीहरू आफैं ढले अचम्म नमाने हुन्छ ।’

तर, सरकार फेरबदल गर्न पनि आफूहरूको रुची नभएको ओलीले बताए । ‘हामी सरकार फेरबदलतिर छैनौं, हामी चुनावको तयारीमा छौं ।’

अहिलेको सत्ता गठबन्धन दुई-दुई पटक चुनावबाट भागेको भन्दै ओलीले अब भने भाग्न नसक्ने बताए । उनले भने, ‘चुनावबाट कहिलेसम्म भाग्लान यिनीहरू रु दुई पटक भागे तर अब आफैं चुनाव घोषणा गर्नुपर्छ ।’

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आरोप प्रत्यारोप जारी छ ।

प्रचण्डले चितवन पुगेर ओलीमाथि बालुवाटारमा करोडौंको बिलासी समान किनेको आरोप लगाए, लगत्तै ओलीले खण्डन गरे । चितवनबाट काठमाडौं आएका प्रचण्डले ओलीमाथि अर्को आरोप लगाएका छन्, ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित चियापान कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले बारम्बार लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मन नपरेको बताउने गरेको बताए ।

उनले अघि भने, ‘अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर मलाई जिन्दगीभर गणतन्त्र मन परेकै होइन ।बाध्य भएर गरेको हो । मौका आयो भने उल्ट्याउने हो भनेको भन्ने सूचना मैले पाएँ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

प्रतिक्रिया दिनुहोस !