ईश्वर पोखरेलको चुनौती : हिम्मत छ भने एक्ला एक्लै लड्न आऊ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका छन् ।

सोमबार नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, ‘अहिले एमालेको विरुद्धमा गठबन्धनको संयुक्त ढंगले प्रतिस्पर्धा गर्ने कुरा गर्दैछन्, म भन्न चाहन्छु, एक्ला एक्लै आउने हिम्मत छ भने आऊ,  यदि सक्दैनौ भने गठबन्धन बनाएर भए पनि आऊ, एमाले एक्लैले त्यसको सामना गर्छ, हिजोभन्दा पनि एमाले सशक्त ढङ्गले अगाडि बढ्नेछ ।’

एमालेको विरुद्धमा तयार गठबन्धनले संविधान र कानुनलाई ठाडो उल्लङ्घन गरिरहेको आरोप समेत लगाए । पोखरेलले सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानुनलाई ठाडो उल्लङ्घन गरेको बताए ।

महासचिव पोखरेलले भने, ‘गठबन्धनले राजनीतिक अस्थिरता सिर्जना गरेको छ । हामीले विकास निर्माणका प्रारम्भ गरेका योजनाहरू झन्डै पौने चार सय अस्पताल, जसको शिलान्यास भइसकेको थियो, जसको टेन्डर लागिसकेको थियो ।

ती अस्पतालहरूको निर्माण रोकेको छ । रणनीतिक महत्त्वका १४ सय बढी सडकहरू प्रारम्भ भएको थियो त्यो सबै रोकेको छ, यति बेला अहिलेको गठबन्धन सरकार संविधान र कानुनविपरित मूल्य मान्यता, राष्ट्रिय हीतविपिरत विदेशीहरूको सामुन्नेमा घुँडा टेकेर लाज नमान्ने गरी प्रस्तुत भएको छ, विकास निर्माणका कामलाई अवरोध गरेको छ, हामी त्यसको घोर निन्दा र भर्त्सना गर्दछौँ ।’

महासचिव पोखरेलले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरूलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितिमा महाधिवेशनको उद्घाटन गर्ने बताए । उनले देशवासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढङ्गले अघि बढ्ने बताउँदै मुलुकलाई नयाँ सङ्कल्पसहित अघि बढाउने योजनामा रहेको बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

प्रतिक्रिया दिनुहोस !