आँशु पुछ्दै सुशान्तले भने : बिनाकसुर हि’रास’तमा राखियो ‘प्रहरीले बिना कारण थ’प्प’ड हा’न्यो’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । चर्चित डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले बिनाकसुर नियन्त्रणमा लिएर झा’पड हा’ने’को दावी गरेका छन् । फेसबुक लाइभमा आफ्नो पीडा पोख्दै प्रहरीको व्यवहारबाट मन दुखेको बताए ।

खत्रीका अनुसार उनलाई काठमाडौंको एउटा क्लवबाट नियन्त्रणमा लिइएको थियो । त्यहाँबाट सोह्रखुट्टे प्रहरीमा वृत्तमा लगेर एक घन्टा हिरासतमा राखिएको उनको भनाइ छ । उनले सुनाएको घटना विवरण यस्तो छ :

म हिजो राति एउटा नाइट क्लवमा साथीहरुसँग थिएँ । बन्द हुने टाइम भएपछि निस्कने सुरसार गरिरहेका थियौं । यत्तिकैमा प्रहरीहरु आएर हामीलाई बाहिर निस्किन दवाव दिए ।

मेरो विल तिर्न बाँकी थियो । त्यहाँ अलिकति कन्फ्यूजन भएका थियो । एकजना भाइले उहाँको विल भइसक्यो भनेछ । तर मेरो बाँकी थियो । मैले विल तिरेर निस्किहाल्छु भन्दा प्रहरीले मलाई हात हाले । मेरो काँधमा समातेर घिसार्दै बाहिर लैजान खोज्नुभयो ।

मैले सोधेँ, मेरो गल्ति के छ ? यसरी तपाईले दुव्र्यवहार गर्न पाउनुहुन्न । मेरो ज्याकेट काउन्टरमा छ । मास्क ज्याकेटमा छ । लिएर आउँछु । मात्र भन्दा एक्कासी उहाँले मेरो गालामा क’डा थ’प्प’ड हान्नुभयो । निकै क’डा थप्प’ड थियो त्यो । मैले यस्तो थप्पड जीवनमा कहिल्यै खाएको थिइनँ ।

त्यसपछि मलाई भ्यानमा हालेर सोह्रखुट्टे प्रहरी स्टेसनमा लगियो । त्यहाँ मेरो मोबाइलहरु पनि खोसियो । घरमा बुवाआमालाई फोन गर्न पनि अनुमति दिइएन ।

मलाई करिब एक घन्टासम्म जेलमा राखेर बल्ल छोडियो । म सेलेब्रिटी भएर होइन, एउटा जनताको रुपमा भन्दैछु, कसैलाई पनि प्रहरील यसरी हात उठाउन मिल्दैन । प्रहरी जनताको सुरक्षाका लागि हो । यदि प्रहरीबाटै असुरक्षित हुनुपर्छ भने कसको अपेक्षा गर्ने ?

म १२ वर्षदेखि यो इन्डष्ट्रीमा छु । नेपालका नाम राख्न भनेर विदेशमा संघर्ष गरिरहेको छु । तर, आफ्नै देशको प्रहरीबाट यस्तो व्यवहार हुँदा मन दुखेको छ । मेरो प्रहरीप्रति उच्च सम्मान थियो ।

मेरो बुवा पनि रिटायर्ड पुलिस हो । आजको घटनाले मलाई निकै नराम्रो छाप परेको छ । प्रहरीलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । म प्रहरीबाट कलको पर्खाइमा छु । यदि कल आएन भने कानुनी कदम चाल्ने छु ।

म यत्तिकै चुप बस्दिनँ । ममाथि एकदमै गलत भएको छ । म यत्तिकै मुख छोपेर भाग्दिनँ । चुप लागेर बस्दिनँ । विदेशमा बसे पनि नेपालमा जन्मेको र हुर्केको हुँ ।

मलाई मेरो देशको माया छ । तर, आज असाध्यै मन दुख्यो र रातभरि सुतेको छैन । म चाहन्छु जनताले प्रहरीलाई सम्मान दिएका छन् भने, प्रहरीले पनि जनतालाई सम्मान दिनुपर्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

प्रतिक्रिया दिनुहोस !