प्रधानन्यायाधीश जबराको अर्को काण्ड बाहिरियो, महिला स्वकिय सचिवलाई…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रस्टीकरण दिइरहेका छन्, ‘सदस्यका हैसियतमा संवैधानिक परिषद्मा मेरो उपस्थिति ल्याप्चे लगाउने मात्र होइन, न्याय क्षेत्रका विज्ञ र काबिललाई सिफारिस गर्नु हो । योग्यलाई मात्र सिफारिस गरेको छु।’

तर, वास्तविकता त्यस्तो छैन । उनले न्याय क्षेत्रका ‘भित्रिया’हरूलाई मात्र होइन, शिक्षण पेसामा संलग्न आफ्नै पिएकी आमालाई पनि संवैधानिक निकायमा नियुक्ति दिलाएका छन्।

करिब तीन–चार वर्षअघि मात्रै उनी अवकाश भएकी थिइन्। शर्माको पारिवारिक पृष्ठभूमी कांग्रेस समर्थक हो । तर, उनको नियुक्ति भने प्रधानन्यायाधीश जबराको कोटामा भएको स्रोतको दाबी छ।

शर्माका श्रीमान जानप्रसाद तिवारी विद्यार्थीकालमा नेवि संघको राजनीतिमा सक्रिय थिए। तर, पछि शिक्षण पेसामा संलग्न भए र लक्ष्मी भवन प्राविमै पढाउन थाले । उनी पनि अवकाश भइसकेका छन्।

‘उनी त्यस्तो कांग्रेस राजनीतिमा सक्रिय होइनन्, पारिवारिक पृष्ठभूमि मात्रै हो। अहिले शर्माकी छोरी प्रधानन्यायाधीशको सचिवालयमा कार्यरत छिन् । प्रधानन्यायाधीश जबराले नै जोडबल गरेर आफ्नो कोटाबाट शर्मालाई नियुक्ति दिलाएका हुन्,’ स्रोतको भनाइ छ।

शर्माकी छोरी पुष्पा न्यायिक प्रतिष्ठानमा कार्यरत थिइन् । जबराले उनलाई त्यहाँबाट सचिवालयमा तानेका थिए। शर्मा मात्रै होइन, करिब एक दर्जन संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशले भागबन्डा लिएको स्रोतको भनाइ छ।

अध्यक्षका हैसियतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्ति सिफारिस गर्न बोलाएको संवैधानिक परिषद् बैठक सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बहिष्कार गरेका थिए। नयाँ पत्रिकाबाट

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 81
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    81
    Shares

प्रतिक्रिया दिनुहोस !