ओलीलाई रेणु दाहालको कडा चेतावनी: ठुला कुरा नगरेकै बेस होला !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । एमाले महाधिवेशन निरिक्षणका लागि चितवन पुगेर केपी शर्मा ओलीले झुक्किएर प्रचण्डका लागि दुई दुई पटक भोट माग्न आएँ, अब गल्ति गरिन्नँ भन्ने अभिव्यक्तिको आलोचनात्मक टिप्पणी गर्दै भरतपुर महानगरपालिका मेयर रेणु दाहालले चुनौति समेत दिएका छन ।

उनले लेखेकी छिन:
ओलिलाई भोट माग्न आोलि को क्षेत्रमा ओलि सहित अध्यक्ष क। प्रचण्ड झापा जादा घरमा आमा मात्र तेहि पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो।घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनाबी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो।

यस्तो परिस्थिती बाट माओबादी सॅगको सहकार्यले मात्र ओलि प्रधानमंत्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो रुरु हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त।धेरै नै फुर्ती लाउने ले अब बनायर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।

छोरी र बाउ बोकेर गल्ती गरियो अब गरिँदैनः केपी ओली

‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको । अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुईरदुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’

सोमबार चितवनमा आयोजित प्रथम महानगर अधिवेशनमा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली यसरी नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र छोरी रेणु दाहालविरुद्द उत्रिए ।

अध्यक्ष ओलीले चितवन महानगरकी मेयर रेणु दाहालमाथि पनि खबरदारी गरे । उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गर्ने पनि बताएका छन् ।

चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै स्थानीय तहको निर्वाचनमा अन्य दललाई धोबीले लुगा पछारेको जस्तरी पछार्नुपर्ने बताए । ‘यो सरकार चल्दै जाने र लुतो लागेको कुकुर जस्तै खुइलिँदै जान्छ । एमालेले चाहे यो सरकार सात दिनमा ढाल्न सक्छ तर, हामी सरकार ढाल्न हतारो गर्दैनौँ । जनतालाई सचेत पार्न अगाडि बढ्छौँ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 895
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    895
    Shares

प्रतिक्रिया दिनुहोस !