लाज पचाएर ओलीले न्यायाधीशहरुको राजीनामा: माधब नेपाल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले मंगलबार रौतहटको गौरमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले केपी ओलीले दुई पटक प्रतिनिधीसभा विघटन गरेर लोकतन्त्रको हत्या गर्न खोज्दा अदालतले संसदलाई जोगाएको भन्दै सवोच्च्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताएका हुन् ।

उनले लाज पचाएर एमाले अध्यक्ष ओलीले न्यायधिशको राजीनामा मागेको आरोप लगाए । उनले गठबन्धन सरकारमा आफ्नो पार्टी पनि रहेको भन्दै अव जनता र देशका लागि काम गर्ने जिकिर गरे ।

नेपालले आफ्नो पार्टीको हैसियत खोज्नेलाई नै प्रदेशबाट आउट गरेको बताए । केपी ओलीको दम्भकै कारण केन्द्र देखि प्रदेशमा एमाले सरकारबाट हट्नुपरेको उनको भनाई छ ।

अध्यक्ष नेपालले एमाले जनताको सेवा गर्ने भावनाबाट टाढिएर लुटेराहरुसँग नजिकिएको आरोप लगाउँदैे उक्त पार्टी लुटेरा पार्टी भएको बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 180
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    180
    Shares

प्रतिक्रिया दिनुहोस !