चितवनबाट प्रचण्डलाई ओलीको चेतावनी : कुरुक्षेत्रमा कौरवहरूले जितेका थिएनन्

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनलाई कुरुक्षेत्र बनाउने धृष्टता नगर्न चेतावनी दिएका छन् ।

मंगलबार अयोध्याधामको अवलोकनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चितवनलाई प्रचण्डले कुरुक्षेत्र बनाउने प्रयास गरेको भन्दै आपत्ति पनि जनाए ।

‘अनि कुरुक्षेत्र चाहीँ किन बनाउने ? उहिले बैंस सम्झेर कुरु क्षेत्रका कुरा गरेर हुन्छ ?’, प्रचण्डको नम लिँदै ओलीले भने, ‘प्रचण्डले उहिले एकै पटक बसमा बम पड्काइदिने, ३९ जना तत्काल मर्ने, ६ जना पछि मर्ने, ६९ जना घाइते भएर बाँच्ने त्यही बैंश सम्झेर कुरु क्षेत्र बनाउने सोचेको होलान् । अब कुरु क्षेत्रसेत्र होइन यो ।’

उनले अब चितवन कुरुक्षेत्र बन्न नसक्ने भन्दै शान्ति र धार्मिक क्षेत्र बन्ने बताए ।  ‘धर्म क्षेत्र हुन्छ यहाँ । शान्ति क्षेत्र हुन्छ यहाँ । पवित्र भूमि हुन्छ यहाँ । विकास, एकता र मेलमिलाप क्षेत्र हुन्छ यहाँ ।

अनि कुरुक्षेत्र ?’, ओलीले प्रश्न गरे ।  उनले भने, ‘कुरुक्षेत्र नै गर्न खोजेको हो भने म उहाँलाई भन्न चाहान्छु–कौरवहरुले जितेका थिएनन् कुरुक्षेत्रमा, पाण्डवहरुले जितेका थिए । जो युद्ध चाहँदैन थिए, उनीहरुले जितेका थिए । जो युद्ध चाहन्थे उनीहरुले हारेका थिए । कुरु क्षेत्र किन बनाउछु भनेको भन्दा सीता राम यहाँ प्रतिमा स्थापना भयो भनेर ।’

उनले पर्यटक ओइरिने र दुनियाँको दर्शनीयस्थल बन्ने भन्दै अर्को पटक पर्यटन मन्त्रालयले दश पर्यटकीय स्थलमा घोषणा गर्नुपर्ने बताए । उनले केही समयपछि चितवन मन्दिर नै मन्दिर हुन लाग्यो भनेर कुरुक्षेत्र बनाउँछु भनेर प्रचण्डले भनेको आरोप लगाए ।

ओलीले चितवन प्रदेश ३ मा पर्नुमा राजधानी रहेको प्रदेश चीन र भारत दुवैसँग सम्वन्ध हुनुपर्छ भनेर संविधान बन्ने बेलामै आफूले जोड दिएको बताए । ‘यो ठोरी क्षेत्रलाई बागमती प्रदेशको सिमाना भारतसँग जोड्ने बनाउने र गण्डकी प्रदेशको सीमाना बर्दघाट भन्दा पूर्वको जमिनलाई गण्डकी प्रदेशमा सामेल गरेर भारतसँग जोड्नेमा मैले धेरै जोड गरेँ’, ओलीको भनाइ छ ।

उनले कर्णाली प्रदेश पनि भारतसँग जोड्ने प्रयास गरेको बताए ।‘बाँके बर्दिया कर्णाली प्रदेशमा राखौँ भनेको थिएँ । तर उहाँहरुलाई के सोच भयो कुन्नी राजधानी नेपालगञ्ज जान्छ भनेर हो कि क्या हो उहाँहरु आत्तिनुभयो’, ओलीको आरोप छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 118
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    118
    Shares

प्रतिक्रिया दिनुहोस !