दाहाल नै माओवादी त्यागेर एमालेमा भित्रिए !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा माओवादी केन्द्रको गड भत्किएको छ । माओवादी केन्द्र छाडेर अर्को पार्टी प्रवेश गरेपछि गड भत्किएको हो । दोलखाका प्रभावशाली नेता दुर्गाप्रसाद दाहाल नेकपा माओवादीमा प्रबेश गरेका छन् ।

उनले अब देशभरबाट माओवादी समाप्त हुन लागेको र दोलखाबाट समाप्त भएका एमाले प्रबेश गरेको बताए । १० बर्ष जनयुद्ध लडेका र दोलखाको राजनीतिमा भिन्दै पहिचान बनाएका नेता दहालले एमाले प्रबेश गर्ने क्रममा यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा अतुलनीय योगदान दिएका दाहाल एमालेमा प्रवेश गरेका हुन् ।दोलखाका पुराना एमाले नेता तथा माओवादी केन्द्रका वर्तमान नेता दाहाल गाउँपालिका अधिवेशनको क्रममा एमालेमै फर्किएका हुन् ।

उनलाई एमाले केन्द्रीय सदस्य तथा बागमति अध्यक्ष आनन्दप्रसाद पोखरेल, दोलखा अध्यक्ष इश्वरचन्द्र पोखरेल लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।

दाहाल नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी भन्नै लाज लाग्ने गरी कांग्रेसको पुच्छर बनेको र मुलुकको समृद्धिको विरुद्धमा लागेको निश्कर्षमा पुगेपछि त्यागेर एमाले रोजेको दाहालले बताएका छन् ।

दोलखामा पछिल्लो समय नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीतिर लाग्ने नेताहरु धमाधम गलत काम गरिएछ भन्दै एमालेमै फर्कन थालेका हुन । दाहालको प्रवेशसँगै तामाकोशी गाउँपालिका मालीमा मात्रै नभएर जिल्लाभर माओवादी केन्द्रलाई ठूलो झडका लागको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 238
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    238
    Shares

प्रतिक्रिया दिनुहोस !