ढल्यो माओवादी किल्ला, गाउँनै नेपाली कांग्रेसमा प्रवेश !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा माओवादीमा युवाहरुको भविष्य नभएको भन्दै भोटेकोसी गाउँ पालिका २ कोदारीका ५८ घरधुरी एकै साथ नेपाली काँग्रेस प्रबेश भएका छन् ।

स्थानीय अर्जुन घतानीको नेतृत्वमा उनिहरु मंगलबार बानेश्वर स्थित नेपाली काँग्रेस बाढी पहिरो विपद व्यवस्थापन समितीको कार्यालयमा आयोजित कार्यक्रममा प्रबेश भएका हुन् ।

साथै लिसांखुपाखर गाउँ पालिका पेड्कुका एमालेका १ दर्जन नेता कार्याकर्ता पनि काँग्रेस प्रबेश भएका छन् । नव प्रबेशीहरुलाई पुर्व मन्त्री एवं काँग्रेस खेलकुद विभाग संयोजक मोहन बहादुर बस्नेत, पुर्व गृहराज्य मन्त्री बिष्णु बिक्रम थापा, नेता हरिशरण श्रेष्ठ लगायतले खादा, अबिर र सदस्यता वितरण गर्दै स्वागत गरेका छन् ।

नव प्रबेशीहरुलाई स्वागत गर्दै नेता बस्नेतले कम्युनिस्ट पार्टीले संधै झुठको खेती मात्रै गर्ने भएकोले युवाहरु र देशकै भविष्य अन्योलमा पारेकोले अब धेरैले पार्टी परित्याग गर्दै काँग्रेस प्रबेश हुने लहर चल्ने बताउनुभयो । “अबको देश बिकास र युवाहरुको संरक्षण काँग्रेस बाहेक अरु पार्टीले गर्ने छैन” बस्नेतले मन्तव्यको क्रममा भन्नूभयो ।

उनले कम्युनिस्टकै देशको सिमानाबाट यति ठूलो संख्यामा काँग्रेस प्रबेश हुनुलाई विशेष रुपमा लिएको बताए । र प्रबेशीहरुलाई उचित मुल्यांकन सहित जिम्मेवारी समेत दिँदै आगामी दिनमा सरसल्लाहमा कसरी त्यस भेगको बिकास गर्ने भनेंर एक भएर लाग्ने प्रण गर्नुभयो ।

साथै पुर्व मन्त्री एवं काँग्रेस केन्द्रिय सदस्य बिष्णु विक्रम थापाले हिजो कम्युनिस्टलाई दिएको बहुमत अनि बिश्वासको रियाक्सनले गर्दा अहिले काँग्रेस प्रबेश भएको बताउनुभयो ।

नव प्रबेशीका नेतृत्व गरेका अर्जुन घतानीले हिजो चुनावका बेला कम्युनिस्टले दिएको त्यो लोभलाग्दो आशा कुनैपनी नगरेको र आफ्ना आसेपासेले मात्रै कमाउने भाँडा बनाएकोले अब कहिल्यै नफर्किने गरि पार्टी त्यागेको बताए । काँग्रेस बाहेका अन्यले बिकास गर्न नसक्ने देखिएको पनि उनले बिश्वास व्यक्त गरे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

प्रतिक्रिया दिनुहोस !