मेटमणी भन्छन माधबको साथ छाडेका १० भाई महाधिवेशन अगाडि नै समाजवादीमा आउनुहुन्छ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपछि एमाले रोजेका १० भाइलाई लखेट्ने काम गरेको आरोप लगाएका छन्।

बुधवार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले घनश्याम भुसाल लगायतका नेताहरू बाटो बिराएको बताएका हुन्। चौधरीले उनीहरू पनि छिट्टै एकीकृत समाजवादीमा फर्कन बताए।

‘रनभुल्ल भएर उहाँहरू ओली पार्टीमा हुनुहुन्छ, एमालेको महाधिवेशनअगाडि नै समाजवादीमा आउनुहुन्छ,’ चौधरीले भने। वर्तमान गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहने उनको भनाइ छ।

‘जबसम्म हामीले योग्यता क्षमता निर्माण गर्न सक्दैनौं, तबसम्म गठबन्धन रहनेछ,’ उनले भने। नेपालको कम्युनिष्ट आन्दोलन अत्यन्तै अफ्ठयारो अवस्थामा रहेको उनले बताए।

‘नेकपा एस निर्माण नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन आँखा अगाडि समाप्त भएको देख्नुपर्दथ्यो, यो खालको अवस्था आइसकेको थियो, आज एकीकृत समाजवादी निर्माण गरेर समाप्तरविघटन गर्न लागेको नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि पनि सेभ गरेका छौं। यसमा हामी सफल भएका छौं, समृद्ध बनाउने ठाउँमा छौं,’ उनले भने।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 204
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    204
    Shares

प्रतिक्रिया दिनुहोस !