रामकुमारी झाक्री बारे आयो अत्यन्तै खुसीको खबर, कार्यकर्ता सबै खुसि !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं- सहकारी विकास मन्त्री एवं नेकपा (एकीकृत) समाजवादीकी नेतृ रामकुमारी झाँक्री डिस्चार्ज भएकी छन् । छातिमा निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचाररत झाँक्री बुधबार साँझ डिस्चार्ज भएकी हुन् ।

झाँक्रीले आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको अनुरोध गरेकी छन् ।

उनले आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने शुभचिन्तकलाई धन्यवाद पनि दिएकी छन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा आज बिहीबार स्वदेश फर्किन लागेका हुन् ।

कतार एयरवेजको उडानबाट दोहा हुँदै आज विहान काठमाडौं आइपुग्ने कार्यक्रम छ । सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए ।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए । नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएका थिए ।

जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए ।

यस्तै, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीशको विवेक हेर्न मन भए फैसला पल्टाउन चुनौती दिएका छन् । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो विवेक हेर्न पुराना फैसला पल्टाउन चुनौती दिएका हुन् ।

प्रधानन्यायाधीश जबराले केही दिनअघि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै श्रेष्ठलाई विवेक नभएको व्यक्ति भनेका थिए । जबरालाई जवाफ दिँदै उनले भने, ‘कँही कतै मेरो विवेकको विषयमा पनि कुरा गरेको सुनेँ ।

विवेक कसरी मापन गर्ने मलाइ नै थाहा छैन । मेरो विचारमा मेरो विवेक के हो र कस्तो ठाउँमा प्रयोग भयो भन्ने कुरा मैले गरेको काम र मैले गरेको फैसलाबाट आमजनताले मापन गर्लान् । फैसला पल्टाएर हेर्नु राम्रो हुन्छ ।’

जवराको राजीनामा माग्दै पूर्वप्रधानन्यायाधीशहरूको विज्ञप्ति आएपछि आक्रोशित जबराले पूर्वप्रधानन्याधीश श्रेष्को नाम नै लिएर विवेक नभएको व्यक्ति भनेका थिए ।

जबराप्रति टिप्पणी गरेका श्रेष्ठले दलहरूप्रतिसमेत असन्तुष्टि जनाए ।  श्रेष्ठले लोकतन्त्र जनताको सुख, समृद्धिका लागि संस्कृति र जीवनशैलीका रूपमा विकास हुनुपर्नेमा यसलाई दलहरूले प्राइभेट कम्पनीजस्तो बनाएको बताए ।

अछामका पुराना समाजसेवी तिलकबहादुर खत्री तिमिल्सिनाद्वारा लिखित ‘नेपालको राजनीतिक सन्दर्भः घटनाक्रमहरूको संगालो’ विमोचन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीस श्रेष्ठले दलहरूले जनता थर्काउँदै हिँडेको आरोप लगाए । ‘दलहरू बलियाबलिया निस्केका छन्, जनता थर्काउँदै हिँडेका छन्,’ उनले भने, ‘तर, जनता सार्वभौम छन् ।’

उनले दलहरू आफैँ प्रजातन्त्र नभएको बताउँदैं प्रजातन्त्र जनताको सुखभोगका लागि हुनुपर्नेमा जोड दिए । ‘दलहरू विवेकशील, जवाफदेही हुनुपर्छ, सत्यको सार्वभौमिकता ग्रहण गरेर निर्णय गर्नुपर्छ,’ उनले थपे, ‘जनताले संविधानको राम्रो भोग गर्न पाउनुपर्छ ।’ उनले मुलुकमा व्यवस्थापन कता गयो भन्ने चिन्ता सर्वत्र उठिरहेको बताए ।

पुस्तकमा राष्ट्रियता, जनजीविका, शासन प्रणालीका विषयमा गम्भीर सवालहरू उठान भएको बताउँदैं उनले मोफसलको वौद्धिकतालाई राजधानीले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले मोफसलका नागरिकहरू पनि शासन प्रणाली र राष्ट्रप्रति कति संवेदनशील छन् भन्ने कुरा कृतिले देखाएको उल्लेख गरे ।

कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा. सुरेन्द्र केसीले दुनियाँ कसरी बदलिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । उनले हामीले लडेर ल्याएको व्यवस्था लोकतन्त्रले औचित्य सिद्ध गर्न नसकेको भन्दै पञ्चायतकालमा विकास भएका कलकारखाना बेचबिखन हुनु दुखद् भएको बताए । प्रा.डा. केसीले दुर्गम स्थानमा बसेर यति राम्रो सिर्जना छोडेर गएकोमा लेखकलाई सरहानासमेत गरे ।

अर्का विशिष्ट अतिथि पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले पुस्तक आकारमा सानो भए पनि यसभित्र राजनीतिक ब्रह्माण्ड अटेको बताए । नेपालको समकालीन शासनसत्ताको चरित्रमाथि पुस्तक केन्द्रीत रहेको उनले उल्लेख गरे ।

पुस्तकमाथि नेपाल बारका पूर्व महासचिव विजय मिश्र र तिमिल्सिना समाज नेपालका संस्थापक अध्यक्ष शान्ति तिमिल्सिनाले टिप्पणी गरेका थिए । पुस्तकका लेखक तिमिल्सिनाले देश विषम परिस्थितीमा ग्रुजिरहेको बेला नागरिकले शासनशैली र शासनसत्ता सुधारका लागि आआफ्नो ठाउँबाट पहलकदमी गर्नुपर्ने बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 518
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    518
    Shares

प्रतिक्रिया दिनुहोस !