पूर्वसभामुख महरा, फेरी फसे !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा फेरी फसेका छन् ।

पूर्व सभामुख समेत रहेका महराले दुई दिन अघि मात्रै सार्वजनिक रुपमै कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अभिव्यक्ती दिएका थिए । तर उनी बोलेका दुई दिनमै माओवादीनै एमसीसीको मरियार रहेको रहस्य खुलेपछि महरा फेरी फसेका हुन् ।

रोशनी प्रकरणमा ठूलो बेइजती खेपेका महराले पटक पटक सार्वजनिक रुपमा आफुलाई एमसीसी पास गर्न तत्कालिन प्रधानमन्त्री केपी ओलीले ठुलो दबाव दिएको र आफुले नमानेका कारण यसरी फसाइएको बताउँदै आएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि पछिल्लो समय एमसीसी विरोधी जस्तो आभाष दिने गरि अभिव्यक्ती दिँदै आएका थिए तर आजै मात्रै देउवाको मिडियाको अगाडी प्रचण्डको पोल खोलिदिएका छन् । देउवाको अभिव्यक्ती पछि एमसीसी कुनै हालतमा पास गर्न नहुने बताउँदै आएका कृष्णबहादुर महराहरु लाजले पानी पानी भएका छन् ।

देउवाको यस्तो अभिव्यक्ती पछि राजनितिक वृतमा यसले ठूलो चर्चा पाएको छ । प्रचण्डको मुकुण्डो उत्रिएको भन्दै समाजिक संजाल प्रयोगकर्ताहरुले आलोचना गरिरहेका छन् ।

कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रचण्ड र महराहरुलाई लाजको पसारो भन्दै अब कुन माक्सले मुख छोपेर हिड्छौ रुभन्दै प्रश्न समेत गरेका छन् । देउवाको यस्तो अभिव्यक्ति पछि माओवादी केन्द्र र सो पार्टीका कोही पनि नेताहरुले अहिले सम्म केही प्रतिक्रिया दिएका छैनन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 100
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares

प्रतिक्रिया दिनुहोस !