मओवादीका वडाध्यक्षका उम्मेद्धार एमालेमा प्रवेश, प्रचण्डलाई ठुलो धक्का !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

मधुमल्ला, मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ मा स्थानीय निर्वाचनमा नेकपा माओबादी केन्द्र बाट चुनाब लडेका वडाध्यक्षका उम्मेद्धार अर्जुन तामाङ सहित तिन दर्जन भन्दा बडी नेकपा एमाले प्रवेश गरेकाछन ।

नव प्रवेशीहरुलाई नेकपा एमाले प्ररदेश कमिटी सदस्य एवम् मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडा,विशिस्ट अतिथि प्रदेस कमिटी सदस्य रामकृष्ण राइ,भुपेन्द्र लावती ,दहशेर राई लगायत जिल्ला कमिटी सदस्य द्वय नरेन्द्र ढुङ्गेल र देवि आचार्य लगायतले अबिर तथा खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।

बिशेश गरि माओबादी केन्द्रका वडा न ४ का अर्जुन कुमार तामाङ सहित तीन दर्जन माओवादी केन्द्र का नेता कार्यकर्ता नेकपा एमाले मा प्रवेश गरेकोमा नेताहरुले स्वागत गरेका हुन् ।

साथै मिक्लाजुङ का विभिन्न वडा बाट नेपाली काङ्रेस,रा प्र पा लगायत का पार्टी बाट दर्जनौ नेता कर्याकर्ता पार्टी प्रवेश भएको मिक्लाजुङ अध्यक्ष बुद्धि मा लिम्बूले जानकारी दिएका छन् ।

साथै निकट समयमै प्रवेश गर्न छुट्ने महानुभाबहरुलाइ नेकपा एमालेमा जोड्ने कार्यक्रम रहेको नेपा एमाले मिक्लाजुङका सचिब नविन कार्कीले बताए ।

नव प्रबेशी लगायत सम्पुर्ण महनुभाव हरुमा हार्दिक धन्यवाद का साथै शुभकामना भन्दै सदैब नेकपा एमाले मिक्लाजुङ गाउँ कमिटीमा रहने नरहने हरुको सुख दुखमा एमाले साथि र सारथि भएर जन्ताका काम मा लागेर अघिबढी रहने र अघि बढिरहेको सांसद खतिवडाले बताएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 184
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    184
    Shares

प्रतिक्रिया दिनुहोस !