मेयर र उपमेयरलाई ५१ केजीको माला लगाइदिएपछि…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

परासी। १० वर्षअघि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासीका सुकुम्बासीहरुले सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा र उपमेयर दधिराम अर्याललाई ५१ केजीको माला लगाएर गाउँ घुमाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६९ सालदेखि रोक्का रहेको जग्गा मेयर थापाको पहलमा फुकुवा भएको भन्दै खुसी भएका वडा नं. ४ प्रगतिटोलका सुकुम्बासीहरुले बिहीबार उनीहरुलाई बाजागाजासहित स्वागत गरेर गाउँ घुमाएका हुन् ।

पुर्जा वितरणमा अनियमितता र भ्रष्टचार भएको भन्दै उजुरी परेपछि अख्तियारले सबै पुर्जाका जग्गा रोक्का राखेको थियो । आयोगको २०७८ कात्तिक ८ गतेको निर्णयले रोक्का जग्गा फुकुवा गर्न मालपोत कार्यालय परासीलाई पत्रचार गरेको छ। पत्रचारपछि रोक्का जग्गा १ महिनाभित्र फुकुवा गरिने मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले बताए ।

जग्गाको क्षेत्रफलअनुसार सुकुम्बासी समस्या समाधान आयोगले राजश्व दस्तुदर तोकेर पुर्जा वितरण गरेको थियो । राजश्व बुझाएर पुर्जा पाएका सुकुम्बासीहरु रोक्का भएपछि समस्यामा परेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 325
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    325
    Shares

प्रतिक्रिया दिनुहोस !