माओवादी केन्द्रले एमसीसी पास गराउदैन: नारायणकाजी श्रेष्ठ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता विदेश विभाग प्रमुख नारायाणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा नेपालले स्विकार गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठ्ठी लेखेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले खुलासा गरेपछि राजनीति तरंग पैदा भएको छ । आजमात्रै प्रचण्डले आफूले एमसीसी पारित गर्ने भनेर पत्राचार नगरेको स्पष्ट पारेका थिए ।

श्रेष्ठले लेखेका छन्‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित बिपरितका प्रवधानहरु नसच्याई यथास्थितिमा एम सि सि परियोजना नेपालले स्विकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न ।यो नै हाम्रो पार्टी नेकपा  (माओबादी केन्द्र) को आधिकारिक निर्णय र धारणा हो।त्यसैले कुनै भ्रममा नपरौं ।’

एमसीसी पास गर्छौ भनेर होइन, पास हुँदैन भनेर चिठी लेखेका हौँः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी पास हुन नसक्ने प्रष्टिकरण दिएका छन् । इन्द्रेणी साँस्कृतिक टोलीसँगको देउसी भैलोमा अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय सहमति र एकताबिना पारित नहुने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी पास गर्छौ भनेर चिठी लेखेको बताएका थिए । त्यसपछि एमसीसी प्रकरण फेरि चर्चामा आएको हो ।

‘प्रधानमन्त्रीजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डले र मैले चिठी पठाइसकेका छौँ भनेर । देशैभरी साथीहरुमा तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठी पठाएका होइनौँ, पछि प्रधानमन्त्रीजीले पनि त्यस्तो भनेको होइन भनेर सच्याउनुभएको छ ।

उनले भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नभई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय चाहिन्छ ।

हामी छलफल गर्छौ, समस्या कहाँ छ, भनेर त्यसको निदानको उपाय निकाल्छौँ भनेर चिठी लेखेका हौँ । हामी पास गर्छौ भनेर चिठी लेखेको होइन ।’ अध्यक्ष प्रचण्डले गठबन्धन राम्रैसँग अगाडि बढ्ने समेत बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 276
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    276
    Shares

प्रतिक्रिया दिनुहोस !