माधव नेपालले एमाले महाधिवेशन बहिस्कार गर्ने !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले नेकपा एमालेको महाधिवेशनमा निम्ता गरे पनि नजाने बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव डा। भुसालले भने, “एमालेको महाधिवेशन भनेको केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो ।

विचारको बहस र नेतृत्व निर्माणबारे त्यहाँ कुनै छलफल हुँदैन । त्यस्तो पार्टीले निम्ता गरे पनि हामी जाँदैनौं । त्यसको राजनीतिक विचार र व्यवहारसँग हामी सहमत छैनौं । त्यहाँ राजनीति नै छैन, व्यक्तिगत स्वार्थमात्र छ ।”

नेकपा ९एकीकृत समाजवादी० संगठन निर्माणमा केन्द्रित भइरहेको जनाउँदै उनले अहिले जिल्ला भेला र पालिका तहको कमिटी बनिरहेको बताए । उनले भने, “केपी ओलीले के भन्छन्, हामीलाई मतलबको कुरा होइन ।

उनले एकीकृत समाजवादी अब शून्य भयो भन्छन् भने हामी पनि एमाले सकियो, त्यसको भविष्य छैन भन्न सक्दैनौं र रु चुनाव भनेकै एकअर्कालाई हराउने हो ।” आगामी चुनावमा गठबन्धनलाई निरन्तरता दिएर जाने सम्भावना प्रबल रहेको पनि उनले बताए ।

सत्ता गठबन्धनमा एमसीसीबारे छलफल नभएकाले यो पारित हुने कि नहुने यसै भन्न नसकिने उनले दाबी गरे । उनले थपे, “सत्ता गठबन्धनमा एमसीसीबारे छलफल भएको छैन । पास गर्ने कि नगर्ने दुवै निर्णय हुन सक्छ ।

मुख्य कुरा एमसीसी पास गर्ने थलो संसद् हो । अहिले संसद् नै चलेको छैन । प्रधानमन्त्रीले भन्दैमा हुने भए त उहिल्यै भइसक्थ्यो । प्रधानमन्त्रीले एमसीसीलाई तपाईंहरु नआत्तिनुस् भनेको सुनेको छु । यस्तो त केपी ओलीले कतिचोटि भन्नुभएको थियो ? केपी ओलीसँग बहुमत थिएन र ?”

आफ्नो पार्टीको सचिवालय बैठकले न्यायपालिका विवादबारे गठबन्धनमा छलफल गरेर उपयुक्त निकास दिने भनिसकेको उनले बताए । तर उपयुक्त निकास भनेको के हो भन्नेबारे बोल्न इन्कार गरे । उनले भने, “तिहार सकियो ।

अब गठबन्धनमा छलफल हुन्छ र साझा निष्कर्ष आउँछ ।” साथै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउनेबारे पार्टीले नसोचेको पनि जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.2K
    Shares

प्रतिक्रिया दिनुहोस !