हामीसँग पैसा छैन, अब चुनाव कसरी जित्ने ? केपी ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पैसा नभएकाले चुनाव जित्न कठिन हुने बताएका छन् । पैसावाला पार्टीहरुले ठूला ठूला टिभी खोलेर आफूहरु विरुद्ध समाचार बजाउन थालेको भन्दै चुनाव जित्न कठिन हुने बताएका हुन् । एमालेविरुद्ध मिडिया प्रयोग भैरहेको भन्दै उनले आफ्ना कार्यकर्तालाई प्रतिवाद गर्न आग्रह गरेका छन् ।

अहिले आवाज सुनेरै टेलिभिजन कसले चलाएको भन्ने थाहा पाइने भन्दै ओलीले आफूसँग पैसा नभएकाले टिभी खोल्न नसकेको पनि बताए । टेलिभिजन खोल्नुस्, त्यसको आवाज सुन्नुस् । त्यसको आवाजले नै भन्छ कसले चलाएको ? कसका लागि चलाएको ? कसका विरुद्ध चलाएको ?

राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हामी टेलिभिजन खोल्न सक्दैनौँ किनकि हामीसँग करोडौँ छैन ।’ ओलीले पार्टीको महाधिवेशनका लागि खर्च गर्न धौधौ परिरहेका बेला टिभी संचालन गर्न करोडौँ खर्च गर्ने अवस्था नभएको बताए ।

ओलीले आफूहरुसँग टेलिभिजन लगायत अन्य सञ्जाल धेरै नभएकाले गीत संगीतका माध्यमबाट जनचेतना फैलाउनुपर्नेमा पनि जोड दिए । ‘आकर्षक गीत र अरु माध्यमबाट चेतना फैलाउन सक्दछौँ । र, त्यो चाहिँ अत्यन्त प्रभावकारी हुन सक्छ ।’

‘हामीसँग धेरै सञ्जाल छैन । हामी टेलिभिजन खोल्न सक्दैनौँ किनकि हामीसँग करोडौँ छैन । महिनैपिच्छे कति करोड खर्च हुन्छ । कहाँबाट गर्ने ? हामी त्यो गर्न सक्दैनौँ’, ओलीको भनाइ छ ।

ओलीले एमालेविरुद्ध नियोजित ढंगले टेलिभिजन चलाइएको आरोप पनि लगाए । ‘टेलिभिजन खोल्नुस्, त्यसको आवाज सुन्नुस् । त्यसको आवाजले नै भन्छ कसले चलाएको ? कसका लागि चलाएको ? कसका विरुद्ध चलाएको ?’ उनले भने ।‘जनता अल्मलाउन र झुट फैलाउन चलाएको छ । मैले नाम नलिऊँ त्यस्ता थुप्रै छन् ।’ उनले भने ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 755
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    755
    Shares

प्रतिक्रिया दिनुहोस !