के हो एयरपोर्ट काण्ड ? सीइओमाथि कारवाही किन हुँदैछ ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलमा भएको घटनालाई लिएर पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीलाई स्पष्टीकरण सोधेको छ । रेग्मीले शनिबार लन्डनबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेका थिए ।

स्रोतका अनुसार पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको हो । मन्त्री आलेले रेग्मीलाई मन्त्रालयमा बोलाएर घटनाबारे सोधपुछ समेत गरेका थिए । रेग्मीबाट चित्तबुझ्दो जवाफ नआएपछि उनले सचिव यादव कोइरालालाई लिखित स्पष्टीकरण दिन निर्देशन दिएका हुन् ।

लिखिच स्पष्टीकरण पनि चित्तबुझ्दो नआएको खण्डमा उनीमाथि मन्त्रालयले कारवाहीको तयारी गरेको छ । स्रोतका अनुसार मन्त्रालय पहिल्यैदेखि रेग्मीको कार्यसम्पादनमा सन्तुष्ट थिएन ।

स्पष्टीकरणको जवाफ आएपछि उनलाई बोर्डबाट हटाउनेसम्मको तयारी गरिएको स्रोतले बतायो । मन्त्री आले र सचिव कोइरालासहित एउटा कार्यक्रममा भाग लिन रेग्मी लन्डन गएका थिए । फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीले सोधपुछ गरेपछि विवाद भएको थियो ।

लण्डनबाट काठमाडौं आउने क्रममा शनिबार भन्सार विभागका कर्मचारीसँगको लफडामा मुछिएपछि सीईओ रेग्मीसँग पर्यटन मन्त्री आलेले यस विषयमा के भएको हो भनी जानकारी लिएका थिए । यो यात्रामा मन्त्री आलेसमेत सँगै थिए । सीईओ रेग्मीले शनिबार घटना भएको कुराकानीमा स्वीकार गरेका थिए ।

यद्दपि आफूले कर्मचारीलाई हात उठाएको विषय भने सत्य नभएको उनको दावी छ । मन्त्रालयले दुर्व्यवहार भएको भनिएका भन्सारका कर्मचारीसँग समेत टेलिफोनबाट घटनाबारे जानकारी लिएको छ ।

यसैबीच बोर्डले भने एक विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई उचालेर ठूलो बनाइएको भन्दै आपत्ति प्रकट गरेको छ । कर्मचारीसँग भएको सामान्य भनाभनलाई हात हालेको भन्दै उचालिएको र सीईओले मापसे सेवन गरेको विषय समेत झुट रहेको बोर्डको दावी छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 158
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    158
    Shares

प्रतिक्रिया दिनुहोस !