प्रचण्डले एकाएक किन सरकारबाट बाहिरिने चेतावनी दिए ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड)ले जबरजस्ती एमसीसी पास गर्न खोजे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

नेकपा माआवादी केन्द्रको स्थायी समिटि बैंठकलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालिन अवस्थामा कुनैपनि हालतमा पास गर्न नसकिने यदी सरकार जवरजस्ती गर्न खोसे सरकारबाट बाहिरिने विषय वैज्ञानिक हुने बताएका हुन् ।

पार्टीको औपचारिक बैठकमा बोल्दै प्रचण्डले यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न नसकिने बताएका हुन् । माओवादी केन्द्रले लिखित रुपमा यथाअवस्थामा एमसीसी पास गर्न नसकिने निर्णय लिएको छ ।

माओवादी केन्द्रले अमेरिकी अनुदान सम्झौता एमसीसीलाई यथास्थितीमा अनुमोदन नगर्ने औपचारिक निर्णय गरेको छ । मंगलबार बसेको माओवादी स्थायी समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले एमसीसीलाई परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय भएको बताए ।

एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम नभइकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभइकन अगाडि नबढाउने कुरा भएको छ, बैठकको निर्णयबारे महराले भने ।

एमसीसी अनुमोदनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो साता फरक–फरक अभिव्यक्ति आइरहेको बेला सत्तारुढ माओवादीले औपचारिकरुपमै यस्तो निर्णय गरेको हो ।

माओवादीले एमसीसीका कतिपय बुँदा राष्ट्रिय हित र सम्प्रभुताविरुद्ध भएको बताउँदै आएको छ । तर, एमसीसी मुख्यालयले भने एमसीसी संशोधन गर्न नमिल्ने जवाफ सरकारलाई दिइसकेको छ ।

लिलामणी पोखरेल, देव गुरुङ लगायतका नेताहरु पहिले देखीनै संशोधननै भए पनि कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अडानमा रहेका छन् भने पछिल्लो समय पूर्व सभामुख समेत रहेका कृष्णबहादुर महरा पनि यो लाइमा थपिएका छन् ।

केहि समय अघि मात्रै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पार्टीले सरकार छोड्ने तर कुनै पनि हालतमा एमसीसी पास गर्न नदिने प्रष्ट पारेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 131
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    131
    Shares

प्रतिक्रिया दिनुहोस !