जेब्राक्रसमा हिँडिरहेका १४ वर्षिय स्कुले बालकलाई गाडीले ठ’क्कर दिँदा मृ’त्यु

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पोखरा क्षेत्रको सबैभन्दा फराकिलो सडक जिरोकिमी–विन्दवासिनी खण्डमा सवारी दु’र्घटनामा परी बालकको ज्यान गएको छ । पर्स्याङस्थित गणतन्त्रचोकको जेव्राक्रसमा सवारीले ठक्कर दिँदा १४ बर्षिय शुभम खनालको मृ’त्यु भएको हो ।

तनहुँको दमौली घर भएका शुभम पोखराको शान्ति निकेतन स्कुलमा ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन् ।कास्की प्रहरीका अनुसार ठ’क्कर दिने सवारीको पहिचान भएको छैन ।

स्थानियका अनुसार मोटरसाइकल भनिएपनि सीसीटिभी फु’टेजमा समेत नदेखिँदा कसले ठ’क्कर दिएको भन्ने नै भेउ पाउन नसकिएको डिएसपी सुवास हमालले बताए ।

विश्वास आयल पेट्रोल पम्पदेखि दक्षिणतर्फको जेव्राक्रसमा आईतवार साँझ पाँच बजेतिर बाटो का’ट्नेक्रममा शुभमलाई सवारी साधनले ठ’क्कर दिई फरार भएको थियो ।

राजमार्गको पूर्वतर्फको घरमा बस्दै आएका शुभम पश्चिमतर्फको स्टेशनरीमा सामान किनेर घरतर्फ फर्कदै गर्दा सवारीसाधनले ठ’क्कर दिएर भागेको स्थानीयवासीले बताए ।

ठ’क्करबाट गम्भिर घा’ईते बनेका शुभमलाई स्थानीयले सडकमा ल’डेको अवस्थामा देखेपछि तत्काल उ’द्धार गरी अस्पतालमा लगेका थिए । टाउकोमा ग’म्भिर चोट लागेका शुभमलाई तत्काल सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा लगेपनि त्यहाँवाट चरक लगिएको थियो ।

त्यहाँबाट पनि अर्को अस्पतालमा रिफर गरिएकोमा उनको नि’धन भएको हो ।घटनास्थल नजिकै देउसीभैलोको नाचगान चलिरहेकोले पनि सडकमा दु’र्घटना हुँदा थाहै नपाएको स्थानिय बताउँछन् । शुभमको शवको सोमवार पो’ष्टमार्टम गरी दमौलीमा लगेर अ’न्त्येष्टि गरिसकिएको छ ।

देउसीभैलो टोली बोकेर आएको बस राजमार्गको गणतन्त्रचोककै जेव्राक्रममा रोकिराखेको हुनाले पनि बाटो हिड्ने पैदल यात्रुलाई समस्यामा पारेको स्थानीयवासीको भनाई छ ।

प्रहरी टोलीले घटनास्थल वरपर सवारी चेकजाँच क’डाई गर्दै दु’र्घटनाको समय हेरेरआसपासका घरमा राखिएका सिसी क्यामरावाट ठ’क्कर दिने सवारीसाधन पत्ता लगाउने कोशिस गरेपनि अहिलेसम्म कुनै पत्तो नलागेको कास्की प्रहरी प्रवक्ता हमालले बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

प्रतिक्रिया दिनुहोस !