बुटवलमा कांग्रेस शक्तिशाली बन्दै, एकैदिन ८०० बढीले गरे पार्टी प्रवेश !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

बुटवल – नेपाली कांग्रेस सिद्धार्थनगर नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ८ सय भन्दा बढी पार्टी प्रवेश गरेको पार्टीले दावी गरेको छ ।

भैरहवामा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको लाईन नै लागेको थियो । सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष दिलिप कान्दू सहित नगर भित्रका १३ वटै वडाबाट ८ सय बढीले नेपाली कांग्रेस प्रवेश गरेको नगर सभापति कोशिश बहादुर खड्काले जानकारी दिए ।

भैरहवामा आयोजित स्वागत सम्मान, बधाई एवम वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

नगर सभापति खड्काले सबै वडाबाट पार्टी प्रवेश गर्ने थप आकांक्षीहरु भए पनि स्थान र समय अभावका कारण सबैलाई एकै पटक प्रवेश गराउन नसकिएको बताए ।

उनले छिट्टै नै अर्को कार्यक्रमको आयोजना गरि ईच्छुकलाई पार्टी प्रवेश गराउने बताए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले आजको पार्टी प्रवेश कार्यक्रमले नेपाली कांग्रेसलाई नयाँ उर्जा मिलेको बताए ।

खाँणले आउने दिनमा नेपाली कांग्रेस थप सबल र सुदृढ हुने संकेत देखिएको जिकिर गरे । उनले आउने स्थानिय निर्वाचनमा नगर प्रमुख र उप–प्रमुख सहित सबै वडामा नेपाली कांग्रेस नै बिजयी हुने बताए ।

खाँणले नेपाल प्रहरीमा थपिएको १५ प्रतिशत राशन भत्ता तल्लो तह सम्म पु¥याउन प्रहरीका उच्च अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।

“राशन भत्ता १५ प्रतिशतले वृद्धि गरिएको छ, यो सुविधा देशभरका सबै जवानहरुले प्राप्त गर्न सकुन् ।” उनले भने यस्तै खाँणले सुरक्षा निकायमा थपिएको दर्जाले उनीहरुको मनोबल बढाउने विश्वास ब्यक्त गरे । उनले प्रहरीको बढुवामा लामो समय लाग्ने गरेकोले दर्जा थप गरिएको बताए ।

यसले ८० हजारको संख्यामा रहेको नेपाल प्रहरीमा ६० हजार बढी प्रहरीको वृद्धि विकासमा टेवा पुग्ने बताए ।खाँणले अझै पनि कोभिडको महामारी अन्त्य नभई सकेको जिकिर गर्दै यसबाट अझै सावधान हुनु पर्ने बताए ।

उनले नेपालका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सफाईकर्मि लगायतले अहोरात्र खटिएर धेरै मानविय क्षति हुन नदिएको बताए । यस्तै खाँणले नेपाली कांग्रेसको सुरु देखी नै मिशनमा हिडेको र त्यो मिशन पुरा गर्न कांग्रेसमा एकता आवश्यक रहेको बताए ।

उनले मिशन पुरा गर्न अहिले रहेको गठबन्धनलाई पनि जोगाएर लैजानु पर्ने आवश्यकता औल्याए ।यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले गठबन्धनको सरकार बचाउँदै स्थानीय तथा आम निर्वाचन सफल बनाउनका लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसबाट नगरमा बिजयी बुथ सभापति एवं प्रदेशमा मन्त्री बनेका वसिउद्दिन खाँ लाई सम्मान गरिएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

प्रतिक्रिया दिनुहोस !