माओवादी केन्द्रका जम्बो टोली नेकपा(एस) प्रवेश गर्दै ! प्रचण्डलाई ठुलो धक्का !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री रामचन्द्र झा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । पहिलो संविधानसभा विघटनपछि झा एमालेबाट माओवादीमा प्रवेश गरेका थिए ।

मंसिर ७ गते धनुषामा झाको निर्वाचन क्षेत्रको तिनकोरिया चोकमा औपचारिक कार्यक्रम गरेर माधवकुमार नेपालले पार्टीमा भित्र्याउने कार्यक्रम छ ।

माओवादीका केन्द्रीय सदस्य झाले नेकपा (एस) प्रवेश गर्न लागेको पुष्टि गरे । उनले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालसँग औपचारिक रुपम बिदासमेत लिइसकेको जानकारी गराए ।

‘माधव कमरेडसँग ३० वर्षसँगै काम गरेको हो । त्यो आफैले बनाएको घर हो नौलो कुरा होइन,’ झाले भने, ‘प्रचण्डजीसँग पनि औपचारिक रुपमा बिदावारी भइसकेको छु । अहिलेको लडाइँ केपी शर्मा ओलीको प्रवृत्ति विरुद्धमा हो ।’

ओली प्रवृत्तिको विरोधी लडाइँमा प्रभावकारी भूमिका नेपालसँग गएर हुने उनले बताए । ‘माओवादीको मनचित्त दुखाएर एकीकृत समाजवादीमा प्रवेश गर्न होइन,’ झाले भने ।

झालाई एकीकृत समाजवादीमा उपाध्यक्ष बनाउने तयारी छ । झा प्रदेश २ मा प्रभाव भएको नेतामा पर्छन् । माओवादीले स्थायी कमिटी सदस्य नबनाएको भन्दै झा असन्तुष्ट थिए ।

नेपालगन्जमा भएको एमालेको छैठौं महाधिवशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका झा जनकपुर इन्चार्ज रहेका थिए । जनकपुरमा भएको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी एमालेको आठौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य भएका थिए । पहिलो संविधानसभा निर्वाचनपछि उनी स्थानीय विकासमन्त्री बनेका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्दा झा उक्त पार्टीमा लागेका थिए । पछि फेरि माओवादीमा फर्केका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 169
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    169
    Shares

प्रतिक्रिया दिनुहोस !