युवराज्ञी हिमानी शाह द्वारा छट पुजा सम्पन्न !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । छटको अवसरमा युवराज्ञी हिमानी शाहले वीरगञ्जको घडिअर्वा पोखरीको स्तम्भवमा पूजा गर्नुका साथै छठ घाटको अवलोकन गर्नु भएको छ ।

युवराज्ञी हिमानी शाहको उपस्थितिमा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

विशेषगरी धनुषा(जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गरिएको हो। धनुषा (जनकपुर)मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्सा (विरगञ्ज)को घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो ४.३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको थियो ।

अहिले नेपालको राजनीतिक अवस्था र नेताहरुको कार्यशैली देखेर जनताहरु वाक्क भएका छन् । देशमा राजाको पुनर्स्थापना गर्नु पर्ने धेरैको माग रहेको छ । राजा आऊ देश बचाउ जस्ता नाराहरु सुरु भैसकेका छन् ।

ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाले दिए कडा चेतावनी – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाविरुद्ध नलाग्न आग्रह गर्नुभएको छ ।

बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिनुभयो । प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेकाे समेत देउवाले बताउनुभयाे ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’ संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

छट पुजाका तस्बिरहरु :

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

प्रतिक्रिया दिनुहोस !