गगन थापाले गरेको कामले कांग्रेशमा छायो खुसियाली !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले गुल्मी जिल्लाका समाजसेवी भूपेन्द्र केसीलाई काँग्रेस पार्टीमा स्वागत गरेका छन् ।

गुल्मी जिल्ला इस्मा गाँउपालिका अन्तर्गतको हस्तीचौर ट्रष्टका अध्यक्ष समाजसेवी तथा प्रभावशाली व्यक्तित्व केसी विहिबार काठमाडौंमा एक कार्यक्रमका वीच नेपाली काँग्रेसमा आवद्ध भएका हुन् ।

उनलाई स्वागत गर्दै नेता गगन थापाले पार्टीले यसप्रकारका कर्मठ व्यक्तित्वलाई स्वागत तथा सम्मान गर्नको निम्ती अवको महाधिवेशनबाट कार्यदिशा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । राजनैतिक चेतना भएका व्यक्तिहरुलाई अब पार्टीमा स्वागत गर्दै नयाँ मार्गमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

सो अवसरमा युवा नेता धनराज गुरुङ, नेविसंघका पूर्व सहमहामन्त्री विष्णु पन्थी, नेपाल ल क्याम्पसका सहप्रध्यापक केशरमणी अर्याल, पिपलधाराका पूर्व गाविस अध्यक्ष चेतनाथ खनाल, नेका गुल्मी काठमाडौं सम्पर्क समितिका सदस्य ओम बस्नेत, बाबुराम कुँवर, गुन्जन भट्टराई, विष्णु केसी, विद्यार्थी नेताहरु महेन्द्र भुसाल, अर्जुन भट्टराई, मोहन कुवँर लगायतका थुप्रै नेताहरु सहभागि रहेका थिए ।

कार्यक्रमको संयोजन हस्तिचौरका पूर्व गाविस अध्यक्ष नरहरी घिमिरेले गरेका थिए । सो अवसरमा बोल्दै केसीले आफू र आफ्नो परिवार लामो समयदेखि समाजसेवामा संलग्न रहेको भन्दै हालसम्म स्वतन्त्र रुपमा काम गर्दै आएकोमा अब नेपाली काँग्रेसबाट सामाजिक योगदान गर्ने बताए ।

युवा नेता गगन थापाबाट प्रभावित भएको कारण आफूले काँग्रेस रोजेको भन्दै उनले अब पार्टी र समाजलाई योगदान गरी अघि बढ्ने बताए । समाजसेवी केसीले गुल्मीको हस्तिचौर लगायतका विभिन्न ठाँउको विकासमा ठूलो योगदान गर्दै आएका छन् । शिक्षा स्वास्थ्य, मठमन्दिर लगायतका क्षेत्रको विकास उनी संलग्न रहँदै आएका छन् ।

    

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 79
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

प्रतिक्रिया दिनुहोस !