अचानक प्रचण्डको स्वास्थ्यमा समस्या देखियो !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्।

नेकपा माओवादीका महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ।

प्रचण्डअहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको संयोजक ढुंगानाले जानकारी दिए। शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड आउने कार्यतालिका थियो।

प्रचण्ड नआउने भएपछि केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडकाले जानकारी दिए।

यता अध्यक्ष प्रचण्ड नआउने भएपछि रामगोपालपुर नगरपालिकाले आयोजना गरेको सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

प्रतिक्रिया दिनुहोस !