एमालेमा बालकृष्ण ढुंगेललाई पर्यो चिठ्ठा, प्रचण्ड हेरेको हेर्यौ !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – चर्चित माओवादीका पूर्वनेता बालकृष्ण ढुंगेललाई एमालेमा चिठ्ठा परेको छ । माओवादी परित्याग गरी नेकपा एमाले प्रबेश गरेका उनले एमालेमा बाजी मारेका हुन् ।

द्धन्द्धकालीन मुद्दाका कारण सर्वस्वसहित जन्मकैदको सजाय खेपेर चर्चामा आएका तत्कालीन माओवादी नेता तथा संविधानसभा सदस्य बालकृष्ण ढुंगेल नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।ओखलढुंगा जिल्लाबाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य छन् ।

ढुंगेल गत वर्ष नेकपा विभाजन भएपछि प्रचण्डलाई छाडेर केपी ओली पक्षमा उभिएका थिए । प्रचण्डले जनयुद्धलाई आफ्नो र परिवारको स्वार्थसिद्ध गर्ने भर्याङ बनाएको र कार्यकर्तालाई मुद्दामा फसाएर आफू प्रधानमन्त्री बनेको भन्दै ढुंगेलले विद्रोह गरेका हुन् ।

उनले ओखलढुंगाबाट निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ताहरु समेत माओवादीबाट एमालेमा लिएर गएका थिए ।

ढुंगेलसँगै स्कूल विभागबाट दयालवहादुर शाही, घनश्याम कोइराला, हिमवहादुर क्षेत्री, तेजकुमारी खड्का लगायत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 193
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    193
    Shares

प्रतिक्रिया दिनुहोस !