एमालेमा खुशीयाली, बालुवाटारबाट आयो प्रचण्डका लागि दुःखद खबर !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सातै प्रदेशमा संयोजक (कमाण्डर) तोकेको छ ।

आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले संयोजक तोकेको हो ।निर्णयअनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटौलालाई तोकिएको छ ।

त्यस्तै प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेताहरुबीच गुटगत भागबण्डाको आधारमा यो सहमति जुटाएर निर्णय भएको हो। काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ ।

जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ ।

अधिवेशन गर्नका लागि बनाइएको समितिमा प्रदेशका सम्बन्धित केन्द्रीय, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहनेछ । कांग्रेसको १४औँ महाधिवेशन २१ गतेदेखि काठमाडौँमा हुँदैछ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 97
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    97
    Shares

प्रतिक्रिया दिनुहोस !