नेपाली राजनीतिको ‘किङ मेकर’ प्रचण्ड फेरि प्रधानमन्त्री बन्नुहुन्छः सुदन किराँती

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किरातीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोजपुरबाट आगामी निर्वाचन लड्न निम्ता दिएका छन्।

शुक्रबार भोजपुर सदरमुकाममा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा संघीय सांसदसमेत रहेका किरातीले यस्तो बताएका हुन्

सम्बोधनका क्रममा किरातीले माओवादी प्रतिस्पर्धी दल भए पनि अन्य दलले हेप्न खोजेको भन्दै गुनासो गरे। उनले प्रचण्डलाई नेपाली राजनीतिको ‘किङ मेकर’ को संज्ञा पनि दिए।

हामी प्रतिस्पर्धी हौँ तर हामीलाई हेप्न खोजिन्छ। हाम्रा केही साथीहरुलाई सांसदको टिकट देखाएर लगेका पनि छन्’, उनले भने, ‘हाम्रैतिर लाग्नुस् भनेर भ्रम फिँजाइरहेका छन्। मुख्यमन्त्री भइसहेकाहरु गाउँमा भ्रम छर्दै हिँडिरहेका छन्।’

उनले अबको निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने पनि बताए। ‘प्रचण्ड कमरेडले रोल्पा, चितवन, सिरहा र काठमाडौंसहितबाट चुनाव लडिसक्नु भयो’, उनले भने, ‘अबको निर्वाचनमा प्रचण्ड कमरेड भोजपुरबाट उठ्नुपर्छ, जिताउने जिम्मा हाम्रो हो।’

उनले प्रचण्ड भोजपुरबाट चुनाव लडेर आगामी निर्वाचनमा प्रधानमन्त्री हुनुपर्ने पनि बताएका छन्। ‘हामी कमजोर भयौँ भने के हुन्छ भन्ने थाहा पाइसकेका छौँ’, उनले भने, ‘अब एक पटक प्रचण्ड कमरेड प्रधानमन्त्री हुनुपर्छ। तपाईं आउनुस् भोजपुरमा चुनाव लड्न।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 123
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    123
    Shares

प्रतिक्रिया दिनुहोस !