उद्योग मन्त्रीले ‘जोशमा होस् गुमाएपछि’ पद चैट !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

जनकपुर — प्रदेश २ का उद्योग मन्त्री रामनरेश रायले होसमा होस् गुमाउँदा पद चैट भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भनेको नमाने पछि उनको पद चैट भएको हो ।

नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउनलाई मुख्यमन्त्री राउतले आफ्ना दलका एक मन्त्रीलाई बर्खास्त गरेका छन् ।

‘मुख्यमन्त्रीज्यूले मन्त्री रायलाई पदमुक्त गर्नुभएको छ,’ यादवले भने, ‘उहाँलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखनिर पुगिसकेको छ ।’ प्रदेशमन्त्री राय संघीय कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्रराय यादव निकट हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्ट (राजपा)बाट समानुपातिक प्रदेश सांसद बनेका राय महेन्द्रकै कोटामा प्रदेश सरकारमा मन्त्री बनेका थिए । महेन्द्रसँगै रायले पनि जनता समाजवादी पार्टी रोजेका थिए ।

प्रदेश मन्त्री रायले राजीनामा गर्न अटेरी गरेपछि मुख्यमन्त्री राउत सोमबार अपरान्ह संघीय राजधानी काठमाडौं पुगेर कृषिमन्त्री यादवसित यस विषयमा परामर्श गरेका थिए ।

मुख्यमन्त्री राउतले मन्त्री रायसित आइतबार राजीनामा मागेका थिए । तर, राजीनामा नगर्ने अडानमा रहेका राय र मुख्यमन्त्री राउतबीच भनाभन पनि भएको थियो ।

बर्खास्त गरिएका मन्त्री रायको मन्त्रालय नेकपा (एस) का प्रदेश संसदीय दलका नेता शत्रुधन महतोलाई दिइँदैछ । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आइसकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 61
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

प्रतिक्रिया दिनुहोस !