प्रचण्डको नाममा सार्वजनिक बिदा दिने निर्णय (विज्ञप्ति सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नाममा एक दिन सार्वजनिक विदा हुने भएको छ। यो महत्तरीको खबर हो ।

त्यही कार्यक्रमका लागि भोलि गाउँपालिकामा सार्वजनिक विदा दिइएको नगर प्रमुख अशोक मण्डलले जानकारी दिएका छन् ।त्यस्तै, प्रचण्डको सचिवालयमा हेरफेर हुने भएको छ ।

हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिएको छ । महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा थिए ।

चुनवाङ बैठकले उनलाई औपचारिक रुपमा स्वकीय सचिवको जिम्मेवारी समेत दिएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनी प्रचण्डको सचिवालयमै रहे । नयाँ स्वकीय सचिवको रुपमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लको चर्चा छ ।

यस्तै प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटालाई प्रेस सेन्टरमा केन्द्रित हुन भनिएको छ । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने अझै टुंगो लागेको छैन ।

‘सचिवालयमा कसलाई राख्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई नै दिइएको छ,’ माओवादीका एक नेताले भने ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

प्रतिक्रिया दिनुहोस !