एमालेमा भाडभैलो: नेताका श्रीमती छनोट गर्न जबरजस्ती हस्ताक्षर, ओली तनाबमा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा सुनसरीमा प्रतिनिधि छनोट विवाद उत्कर्षमा पुगेको छ।

चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा ४२ जना प्रतिनिधि चयन गर्नुपर्ने छ। प्रतिनिधि छनोटका लागि मंगलबार निर्वाचन तोकिएको भएपनि सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्न निर्वाचन स्थगित गरिएको छ।

प्रतिनिधि छनोटका लागि मनोनयन दर्ता गराइएको भएपनि संस्थापन पक्षका नेता इतर पक्षका नेताहरुले निर्वाचनको तयारी नै नगरेका कारण प्रतिनिधि छनोट हुन नसकेको एमाले इटहरी उपमहानगर कमिटी सदस्य ऋषि नेपालले जानकारी दिए। उनले प्रतिनिधि छनोट गर्ने निर्वाचन प्रकृया स्थगित गर्नु नेताहरुको अत्यन्तै गलत काम भएको बताए।

निर्वाचन गर्नको साटो सहमतिका नाममा मनोनयन दर्ता गराइएका आकांक्षीहरुलाई सचिव भीम आचार्य र जिल्ला अध्यक्ष खेमराज पोखरेलले नेताहरुले गरेको निर्णय मान्ने सर्तमा जबरजस्ती हस्ताक्षर गराइको एक एमाले नेतृले जानकारी गराइन्।

नेताका श्रीमती छनोट गर्न जबरजस्ती हस्ताक्षर

एकै घरका श्रीमान श्रीमतीहरुले समेत प्रतिनिधि छनोटका लागि मनोनयन गरेपछि विरोध भएको छ। लामो समयदेखि पार्टीमा योगदान गर्नेहरुलाई पाखा लगाउदै श्रीमान श्रीमती नै प्रतिनिधि जान खोज्नु एमालेमा परिवारवाद हाबी भएको उनको भनाई छ।

एमाले महाधिवेशनमा प्रतिनिधि जानका लागि सचिव भीम आचार्यकी श्रीमती निरा आचार्य, प्रदेश सांसद सर्बध्वज साँवा उनकी श्रीमती अमृता साँवा, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल उनकी श्रीमती विणा खनाल, धरानकी उपमेयर मञ्जु भण्डारी उनका श्रीमान मुरारी सुबेदीले प्रतिनिधि छनोटका लागि मनोनयन दर्ता गराएका छन्।

एमाले सुनसरीका सचिवालय सदस्य लक्ष्मी बाँनियाले नेताहरुले सहमतिका नाममा एकै परिवारका श्रीमान श्रीमतीलाई छनोट गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन्। सहमतिका नाममा प्रतिनिधि छनोटको निर्वाचन प्रकृया रोकिनु नेताहरुको निरंकुस प्रबृत्ति भएको उनको आरोप छ।

नेताहरुले सहमतिका नाममा श्रीमान श्रीमतीलाई प्रतिनिधि छनोट गर्नु अन्य कार्यकर्ताहरुलाई अन्याय हुने एमालेका संगठित सदस्य गापि खतिवडाले बताए। सर्बसहमत प्रतिनिधि छनोट गर्दा श्रीमान श्रीमती मध्ये एकजनाले अन्य आंकाक्षीहरुलाई मार्ग प्रसस्त गरे सहज अवस्था हुने उनको सुझाव छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 163
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    163
    Shares

प्रतिक्रिया दिनुहोस !