एमालेमा प्रभु शाहको हरिविजोग !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमाले प्रबेश गरेका प्रभु शाहको हरिविजोग भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादी नेताहरुलाई तलै रोक्ने नीति अनुसार महाधिवेशन प्रतिनिधिसमेत नबनाएपछि शाहको हरिविजोग भएको हो ।

जिल्ला तहमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्दा ओली पक्षले प्रदेश २ मा एकलौटी गरेको भन्दै साह असन्तुष्ट बनेका छन् । माओवादीबाट एमालेमा प्रवेश गरेका रौतहटका पूर्वसांसद साह पार्टीभित्र एकताको भावना हुनुपर्ने भन्दै ओलीसँग असन्तुष्ट थिए ।

‘तर, अहिले प्रदेश २ मा प्रभु साहको राजनीति सिध्याउन ओली पक्षका नेताहरु लागेको देखियो’ एमालेमा आवद्ध पूर्वमाओवादीका एक नेताले भने, प्रदेश २ मा माओवादीबाट एमालेमा आएका सयौं नेता कार्यकर्तालाई महाधिवेशन प्रतिनिधिमा आउन दिइएन, ओली समूहले कोटामा बसेर एकलौटी रुपमा प्रतिनिधिहरू छान्ने काम गर्यो ।’

सर्लाही जस्तो जिल्लामा माओवादीबाट ठूलो संख्यामा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको भए पनि एकै जना पनि प्रतिनिधि नछानिएको प्रमुख साह निकटका नेताहरुको गुनासो छ ।

पूर्वमाओवादीका प्रदेश स्तरका एक नेताले भने, ‘महाधिवेशन प्रतिनिधि छान्ने नाममा नाटक मञ्चन भएको छ, सम्मेलनै नगरी पूर्वएमाले समूहका नेताहरु बसेर लेटर प्याडमा प्रतिनिधिको नाम लेखेर पठाउने काम गरिएको छ, यो नाटक शिवाय अरु केही होइन ।’

त्यसैगरी धनुषाबाट पनि प्रभु साहको मान्छेलाई एकजना पनि प्रतिनिधि नबनाइएको पूर्वमाओवादी समूहको गुनासो छ । सिरहा र बाराबाट भने २÷२ जना प्रभु साहको पक्षबाट प्रतिनिधिहरू छानिएको सो समूहको भनाइ छ ।

महोत्तरी र प्रभु साहकै गृहजिल्लाबाट पनि प्रतिनिधिहरु छानिन नसकेको प्रभु साहसँग नजिक रहेका एक नेताले बताए ।

यसैबीच, नेकपा एमालेको स्थायी कमिटीमा समेत नपरेका पूर्वमन्त्री साहले एमालेको दसौँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । महाधिवेशनबाट सहमतिकै आधारमा नेतृत्व चयन हुनुपर्ने साहले माग राख्दै आएका छन् ।

साहको भनाइ उधृत गर्दै एक पूर्वमाओवादी नेताले भने, ‘सहमति जुट्यो भने ठीकै छ, जुटेन भने हामी बेग्लै रणनीति अपनाउने छौं । सहमतिका आधारमा अघि नबढ्ने हो भने आफ्नो समूहबाट प्रभु साहले पदाधिकारीमा उम्मेदवारी दिने तयारी अगाडि बढाइरहेको उनले बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 548
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    548
    Shares

प्रतिक्रिया दिनुहोस !