ओलीसँग टक्कर लिन चाहनेहरुले ख्याल गर्नु: सूर्य थापा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका नेता एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले केपी ओलीसँग प्रतिस्पर्धा गर्न चाहने नेताहरूलाई सौराहाको चिसो ख्याल गर्न आग्रह गरेका छन् ।

नेता थापाले भने, “अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विपक्षीहरुले चौतर्फी घेराबन्दी गरेका बेला आन्तरिक प्रतिस्पर्धा मुख्य कुरा होइन, पार्टी बलियो बनाउनुपर्छ ।

पार्टीमा लोकतान्त्रिक अधिकारको सम्मान गर्ने परिपाटी छ । म लालबाबु पण्डितले जस्तो ओलीलाई टक्कर दिन खोज्नेको जमानत जफत हुन्छ त भन्दिनँ तर सौराहामा चिसो मौसमलाई ख्याल गर्नु राम्रो हो ।”

अहिले पार्टीपंक्ति केपीको ओलीलाई मियो बनाएर अघि बढ्न चाहिरहेको थापाले दाबी गरे । उनले भने, “गत असोजमा भएको विधान महाधिवेशनमा सर्वसम्मति भयो, यस्तो अवसर पुष्पलालको पालामा बाहेक कहिल्यै आएको थिएन ।

दसौं महाधिवेशनमा वडा, पालिका र जिल्लामा अधिवेशन ९८ प्रतिशत सर्वसम्मति भयो । अब राष्ट्रिय महाधिवशेनमा पनि त्यही हुन्छ । यो कुरा हरेकले बुझ्नुपर्छ ।”

मंसिर १० मा चितवन सुरु हुने दसौं महाधिवेशनको उद्घाटन सत्रमा कसरी ५ लाख जनता उतार्नुहुन्छ भन्ने  प्रश्नमा उनले भने, “तपाईंले नपत्याए जस्तो नगर्नुस्, तपाईंजस्तो आँ गर्दा अलंकार बुझ्ने र भानुभक्तका बाजे श्रीकृष्णलाई पनि माथ गर्ने पत्रकारले जनसमुदायको लहर हेर्नुस्, प्रत्यक्ष प्रसारण गर्नुस् । चितवनमा चिसो छ, ५ लाख मानिस बस्ने ठाउँ छैन नभन्नुस् ।”

नारायणकाजी श्रेष्ठका कार्यकर्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा कालो कोटधारीको तमासाका आधारमा प्रधानन्यायाधीशले राजीनामा दिन नहुने उनले बताए ।

उनले भने, “बार आन्दोलनमा एमालेले बोलेन भन्नेहरू कान, आँखा र दिमागका बिरामी हुन् । पदक, पैसा र प्रलोभनमा परेर फैसला गर्ने ५ जना न्यायाधीशले राजीनामा गरेर अदालत खाली गर्नुपर्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

प्रतिक्रिया दिनुहोस !