आगामी चुनावमा पनि एमाले पहिलो बन्ने योगेश भट्टराईको दाबी !!

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।

आज मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गरे ।

उनले एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताए । पार्टी नफुटाउन गरेको अनुनय नेता माधव नेपालले नसुनेको उनको आरोप थियो ।

भट्टराईले मङ्सिर १० गतेदेखि चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए । “देशको सबै जिल्ला र सङ्घ सङ्गठनबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्मत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष पनि सोही कुरामा चिन्तित हुनुहुन्छ”, भट्टराईले भने । कार्यक्रममा भट्टराईले नवीन सुवेदीको अध्यक्षतामा गठित नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको शपथ गराएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 948
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    948
    Shares

प्रतिक्रिया दिनुहोस !