मध्यराती प्रचण्डको विस्तरामा किन पुगे बाबा रामदेव ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – मध्यराती योग गुरु रामदेव प्रचण्डको विस्तरामा पुगेका छन् । बिहीबार अपराह्न काठमाडौं आइपुगेका भारतीय योग गुरू स्वामी बाबा रामदेव राती नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका हुन् ।

रामदेव र आचार्य बालकृष्णले बिरामी रहेकी प्रचण्डपत्नी सीतालाई स्वास्थ्यलाभको कामना गरेका छन्। रामदेव र बालकृष्ण आचार्य खुमलटार पुगेर सीतालाई स्वास्थ्यलाभ दिएको तस्बिर प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा राखेकी छिन्।

‘नेपाल भ्रमणमा रहनु भएका योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले अहिले खुमलटारमा अध्यक्ष कमरेड प्रचण्डसङग भेट गर्नु भएको छ ।’ माओवादी नेता रमेश मल्लले पनि फेसबुकमा लेखका छन् ।

‘उहाँ दुबैजनाले आमा सीता दाहालको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै स्वास्थलाभको कामना गर्नु भएको छ ।’ उनले अगाडि लेखेका छन् । सिताको स्वास्थ्य अवस्था बुझ्नका लागि रामदेव प्रचण्ड निवास पुगेको बुझिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2K
    Shares

प्रतिक्रिया दिनुहोस !