माधव नेपालको पार्टीबाट २ जना मन्त्री बन्दै, को-को हुन् ती भाग्यशाली ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

जनकपुरधाम – नेकपा एकीकृत समाजवादी पार्टीका थप २ जना मन्त्री बन्ने भएका छन् । यो प्रदेश २ को खबर हो । माधवकुमार नेपाल नेतृत्वको नेकपा एस सरकारमा सहभागी हुने भएपछि दुई मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका संसदीय दलका नेता शत्रुद्यन महतो र सांसद प्रमोद यादवलाई सरकारमा सहभागी गराइने पार्टीका प्रदेश इन्चार्ज धर्मनाथ साहले जानकारी दिए ।

प्रदेश सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी (जसपा) ले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन केही दिनअघि आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरेका थिए ।

एकीकृत समाजवादीलाई यो मन्त्रालायसहित कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिने तयारी छ । तत्कालिन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीलाई हटाएपछि जसपाले प्रदेशका ६ मन्त्रालय टुक्रयाएर १० मन्त्रालय बनाएको थियो । जसमध्ये कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय र बाणिज्य आपूर्ती तथा विज्ञान प्रविधि मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफ्नै जिम्मामा राखेका थिए ।

यो मन्त्रालय एकीकृत समाजवादीलाई दिने भनिएपनि नेकपा एसका नेताहरुले लिन मानेका थिएनन् । यी दुवै मन्त्रालयमा बजेट नरहेकाले अर्को मन्त्रालय दिन यो पार्टीले भन्दै आएको थियो ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनकै लागि जसपाले आफ्नै मन्त्रीलाई पदमुक्त गरेको हो । पछिल्लो पटक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय लिएर सरकारमा सहभागी हुन तयार भएको छ । पार्टीका प्रदेश इन्चार्ज साहका अनुसार दुवै मन्त्रीको शपथ ग्रहण आइतबार दिउँसो २ बजेका लागि राखिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 126
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    126
    Shares

प्रतिक्रिया दिनुहोस !