कांग्रेसको क्षेत्रिय अधिवेशनमा ग्याङ फाइट, वालवाल बाँचे सभापति

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

बारा – नेपाली कांग्रेसको आज देशभर क्षेत्रिय अभिवेशन भइरहेको छ । बारा पनि यसको तयारी गर्दैगर्दा ग्याङ फाइट भएको छ । बाराका सभापति जयचन्द्र प्रसाद चौरसियाविरुद्ध आफ्नै कार्यकर्ताहरुले नारा जुलुस लगाएपछि स्थिति तनाव ग्रस्त बनेको थियो ।

होटलको गेटमा दुई पक्षमा युवाहरुबीच हात हालाहालसमेत भएको थिायो । बारा जिल्लामा अधिवेशन गराउन आएका प्रतिनिधिकै बिना कार्यकर्ता भेला गरेर केही दाउपेच गर्न खोजेको भन्दै कार्यकर्ताहरुले नाराबाजी गर्नुको साथै हात हालाहाल समेत गरेका थिए ।

क्षेत्र नम्बर ४ मा ९ जना क्रियाशील सदस्य थपेको भन्दै त्यसलाई तत्काल खारेजी गर्नुपर्ने र लुकीछिपीको राजनीति पार्टीमा बन्द गर्न नेपाली काँग्रेसका कार्यकर्ताले माग गरेका छन् ।

बारामा नेपाली काँग्रेसका कार्यकर्ताहरु १४ औँ महाधिवेशनको तयारीमा जुटेका बेला यसले महत्त्वपूर्ण स्थान अगोटेको बुद्धिजीवीहरुको भनाइ छ । सभापति चौरसिया होटलमा प्रबेश गरेर युवाहरुको आक्रमणबाट बचेका छन् । जोसिदै आएको युवाहरुको जमातले सभापति चौरसियालाई निशाना बनाएका थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 314
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    314
    Shares

प्रतिक्रिया दिनुहोस !