कांग्रेसको नयाँ इतिहास रच्ने सुजाता कोइरालाको तयारी !!

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा नेतृ सुजाता कोइरालाले पनि सभापतिको उम्मेद्धवारी दिने भएकी छिन् । संक्षिप्त कुराकानीमा उनले आफूले यही मंसिर ६ गतेपछि पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेद्धवारी घोषणा गर्ने जानकारी दिईन् ।

उनले भनिन्,‘म सभापतिमा उम्मेद्धवारी दिन्छु, ब्याक हुने कुरै छैन् । शशांक र शेखर जो उठेपनि म ब्याक हुन्नँ, मैले सबै तयारी गरिसकेको छु, अब अघि बढ्छु ।

उनले देशभरिका नेतारकार्यकर्ताले आफूलाई पार्टीको नेतृत्वमा आउनको लागि दबाब दिएको र कार्यकर्ताहरुको भावनालाई कदर गर्दै सभापतिमा उठ्न लागेको बताईन् ।

उनले कांग्रेसमा गिरिजाबाबुको लिगेसी आफूले मात्रै बोकेको भन्दै त्यसको लागि पनि आफू नेतृत्वमा आउन चाहेको धारणा राखिन् । उनले कांग्रेसजस्तो यति लामो इतिहास बोकेको पार्टीमा अहिलेसम्म महिला सभापति नभएको भन्दै आफूले सभापतिमा विजयी भएर पहिलो महिलाकाँग्रेस प्रस्तुत गरेपछि सुजाता भने सभापतिको रेसबाट अब ब्याक नहट्ने भएकी हुन् । उनले पार्टीमा गुटबन्दी धेरै मौलाएको र नेताहरु कार्यकर्तामुखी नभएको भन्दै आफूले त्यो खाडल चिर्ने पनि दाबी गरेकी छिन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

प्रतिक्रिया दिनुहोस !