कोहि नपाएर एमालेले गैंडाला झन्डा बोकायो: माधव कुमार नेपाल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको दशौं महाधिवेशनबारे चितवन पुगेरै व्यङ्ग्य गरेका छन् ।

भरतपुरमा शुक्रबार जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनता नपाएर एमालेले क्रान्तिकारी झण्डा दुर्लभ एक सिंगे गैँडालाई बोकाएको बताए।

‘त्यो एमालेको झण्डा कसले बोकेको छरु त्यो मजदुर किसानले बोकेका छैनु, उनले भने, मार्क्सले त त्यो क्रान्तिकारी रातो झण्डा मजदुर किसानलाई बोक्न भन्नु भएको थियो। तर यहाँ त मान्छे नपाएर गैँडालाई बोकाइदिए।’

उनले एमालेको लक्षण राम्रो नदेखिएको पनि बताए। ‘एमालेको राम्रो लक्षण देखिदैन, त्यसकारण केपी ओली नेतृत्वको एमाले पतन हुने निश्चित छु, उनले भने। अध्यक्ष नेपालले गलत विचार दिँदा ती चिज हराउँदै जाने बताउँदै अहिले त्यस्तै अवस्थामा एमालेको हालत भएको जिकिर गरे।

‘एमालेको हालत पतनको अवस्थामा छ, कसैले बचाउने वाला छैन’, नेपालले भने। उनले आगामी निर्वाचनमा एमालेलाई धुलो पार्ने चेतावनी पनि दिए। त्यसको एउटा संकेत राष्ट्रिय सभाको निर्वाचनले देखाएको उनले जिकिर गरे। ‘आउने निर्वाचनमा एमालेलाई अलिअलि होइन, धुलो पार्छौँ, हेर्दै गए हुन्छ,’आक्रोशित मुद्रामा उनले भने। अध्यक्ष नेपालले आफ्नो पार्टीको भविष्य राम्रो भएको बताए। आगामी निर्वाचनमा कलम चिन्हले विजय प्राप्त गर्ने पनि उनको जिकिर थियो।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 256
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    256
    Shares

प्रतिक्रिया दिनुहोस !