पूर्वमाओवादी नेताहरुलाई सम्मानजनक स्थान दिइन्छ : सुवासचन्द्र नेम्वाङ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरूलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेरो हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।

हामी उहाँहरूलाई माओवादी नेता त भन्दैनौँ एकीकृत कम्युनिस्ट पार्टीका नेता नै भन्छौँ । तर, पनि बोलिचालीको भाषामा पूर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरूलाई त्यति सहज नहुन सक्छ ।

त्यसैले उहाँहरूलाई नेतृत्वमा ल्याउन सोच्नुपर्छ, नेम्वाङले भने, त्यसैले सहमतिका आधारमा उहाँहरूलाई नेतृत्वमा स्थापित गरिन्छ  उनकाअनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेको छ ।

तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्यूतिँदा नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 219
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    219
    Shares

प्रतिक्रिया दिनुहोस !