महाधिवशनको मुखैमा दिए एमालेका चर्चित नेताले राजीनामा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा एमालेका एक चर्चित नेताले पार्टीबाट राजीनामा दिएका छन् । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनमा धाधली भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

नेकपा एमाले रुपन्देहीका चर्चित नेताले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन् ।

उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् । यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोप समेत लगाएका छन् ।

उनले जिल्ला पार्टीका अध्यक्षबाट आफूलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएको पत्रकार सम्मेलन जानकारी दिए ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको मुखमा उनको राजीनामा आएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 160
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    160
    Shares

प्रतिक्रिया दिनुहोस !