CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को इतिहास रच्ने भएका छन् । ९ औँ महाधिवेशनबाट अध्यक्ष बनेका ओली १०औँं महाधिवेशनमा अध्यक्ष बनेर इतिहास रच्ने भएका हुन् ।

एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः उनै दोहोरिने निश्चित भएपछि उनको नाममा दुई पटक अध्यक्ष बनेको इतिहास बन्ने छ । यस अघि एमालेको पार्टी प्रमुखमा माधब नेपाल र मदन भण्डारी मात्र दुई पटक दोहोरिएका थिए । उनीहरुले दुबै जनाले पार्टीको महासचिव भएर नेतृत्व गरेका थिए । तर ओलीले पार्टी अध्यक्ष दुई कार्यकाल खाएर नयाँ रेकर्ड बनाएका हुन् ।

नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् ।

एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले ओलीको कार्यशैलीप्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर नेकपा (कीकृत समाजवादी) गठन गरिसकेका छन् । अर्का प्रभावशाली नेता वामदेव गौतमले उपाध्यक्ष पदबाट राजीनामा गरिसकेका छन् ।

यस्तो अवस्थामा ओलीलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा कोही छैनन् । ओलीनिकट नेताहरूले दाबी गरेअनुसार सर्वसम्मत वा चुनाव जे भए पनि ओलीको विकल्प एमालेमा पक्कै छैन ।

तर, ओलीसँग प्रतिस्पर्धा गर्ने उद्घोष उपाध्यक्ष भीम रावलले गरेका छन् । पूर्व नेपाल खनाल समूहका नेता रावलले गृह जिल्ला अछामबाट अध्यक्षमा प्रतिपस्र्धा गर्ने उद्घोष गरे पनि तयारी भने गरेका छैनन् ।

एमालेभित्र वरिष्ठ उपाध्यक्षका लागि रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको चर्चा हुने गरेको छ । एमाले उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । भुसालनिकट नेताका अनुसार अगामी महाधिवेशनमा सर्वसम्मत हुन नसक्ने दाबी गर्दै अध्यक्षमा भुसालले प्रतिस्पर्धा गर्ने बताउँछन् ।

यद्यपि, औपचारिक रूपमा भुसालले अझै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छैनन् । कतिपयले महासचिव पाउन भुसालले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा चलाएको।आरोपसमेत लगाइरहेका छन् ।

ओली पुनः अध्यक्ष हुनुपर्नेमा ओली समूह एक ठाउँमै रहेका छन् । पूर्वमाओवादीबाट एमाले भएका नेताहरूले समेत ओलीकै नेतृत्वमा आफूहरू समेत सर्वसम्मत आउन खोजेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।