प्रचण्डलाई जेल पठाउने ओलीको षडयंत्र,

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जेल पठाउने बताएका छन् ।

शसस्त्र द्वन्दमा भएका मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने नहुने भन्दै ओलीले घुमाउरो पारामा प्रचण्डलाई जेल पठाउन पर्ने बताएका हुन् । नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष पूरा भएको सन्दर्भमा ओलीले आइतबार विज्ञप्तीमार्फत द्वन्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिन नहुने बताएका हुन ।

कतिपय घटनामा प्रत्यक्ष र परोक्ष रुपमा माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताको संलग्नता देखिएको छ । जसले गर्दा प्रचण्ड पक्राउ पर्ने डरले विदेश जान समेत डराउँछन् ।

विदेशमा प्रचण्डलाई मानवअधिकार विरोधी र युद्ध अपराधीका रुपमा कालोसूचीमा राखिएको छ । यस्तो बेला ओलीले प्रचण्डलाई माफी होइन जेल पठाउनेगरी वकतव्य निकालेका छन् ।

‘हामी द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौं,’ ओलीले भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपालको शान्ति प्रक्रिया घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको भन्दै संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पुर्याउनुपर्ने मान्यता रहेको स्पष्ट पारेका छन् ।

नेपाल सरकार र नेकपा माओवादीबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि मुलुक १० वर्ष लामो सशस्त्र द्वन्द्वबाट शान्तिको चरणमा प्रवेश गरेको थियो।

उनले आफ्नो नेतृत्वको सरकारको संक्रमणकालीन न्यायका बाँकी कार्यभारका सम्पन्न गर्न प्रयास गरेको भए पनि द्वन्द्वमा संलग्न परस्परविरोधी पक्षका फरक–फरक चासोले गर्दा अवरोध पुगेको आरोप लगाएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

प्रतिक्रिया दिनुहोस !