सोलुखुम्बुमा २१ वर्षीया पूजा कांग्रेस महाधिवेशन प्रतिनिधि !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

साेलुखुम्बु – सोलुखुम्बुमा नेपाली कांग्रेसकाे केन्द्रीय महाधिवेशनका लागि २१ वर्षीया पूजा फुयाँल महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । आज आइतवार गोलाप्रथामार्फत सोलुखुम्बुको नेचासल्यानकी २१ वर्षीया फुयाँल महाधिवेशन प्रतिनिधि छनाेट हुनुभएको हो । महिला (खस/आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँलको ४०३/४०३ समान मत आएकाले गोलाप्रथा गर्दा फुयाँल विजयी भन्नुभएको हो ।

नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा फुयाँल निर्वाचित हुनुभएको थियो ।फुयाँल जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्यसमेत हुनुहुन्छ ।

यो पनि : मकवापुर जिल्लाको मनहरी गाउँपालिका ३ की शृजना प्रजा चार वर्ष देखि कुवेतमा छिन् । दुई वर्षको भिसा लगाएर रोजगारीको सिलसिलामा कुवेत पुगेकी उनी चार वर्ष पुगेर पाँच वर्ष लाग्दा सम्म नेपाल फर्किन पाएकी छैनन्।

भिसाको म्याद सकिएपछि उनले आफू गर फर्किन्छु भन्दा मालिकले तीन महिना पछि पठाउँछु भन्यो तर त्यो तीन महिना पुग्ने बेला कोरोना महामारीका कारण लकडाउन भयो । शृजनाले आफूलाई नेपाल पठाइदिन आग्रह गरी रहिन तर उनलाई कोरोनाका कारण अहिले जान नमिल्ने भन्दै टालियो।

कुवेतीको घरमा घरेलु कामदारको रूपमा काम गरिरहेकी शृजना माथि बेला बेलामा कु’टपि’ट समेत हुने गरेको उनी बताउँछिन् । शृजना भावुक हुँदै आफ्नो पी’डा सुनाउँछिन् ” अब म यतै म’र्छु होला घरमा बच्चाहरूको माया लाग्छ ,म सँग राहादानी पनि छैन ,मोबाइल पनि खोसिदिन्छ ।थप भिडियो हेर्नुहोस्)

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 565
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    565
    Shares

प्रतिक्रिया दिनुहोस !