निर्वाचनमा अत्याधिक मतले विजयी हुन्छु : महेश बस्नेत

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं :नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सचिव पदमा अत्याधिक मतले विजयी हुने दाबी गरेका छन्। दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्वारी दिने घोषणा गरेका बस्नेतले निर्वाचन हुने अवस्था आएमा पार्टीमा आफूले खेलेको भूमिकाको आधारमा महाधिवेशन प्रतिनिधिले अत्याधिक मत दिएर विजयी गराउने विश्वास व्यक्त गरेका हुन्।

नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी गरे। ‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाहरुले स्विकार गरेका छन्।’ उनले भने, ‘यो महाधिवेशनलाई उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु।’

महाधिवेशनबाट हामी केपी ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताएर। अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा नेपालको गरिमा विश्वसामू बढेको पनि बस्नेतले स्मरण गराए। मंगलबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै बस्नेतले भने,‘केपी ओलीले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा जुनखालको प्रभाव दिनुभयो, त्यसले नेपाली जनताको शान, मान र गौरव बढ्यो। संसारको मार्गचित्रमा नेपालको गरिमा बढेको छ।’

रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव
उनले उपाध्यक्ष भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए।‘उहाँले दुई कारणले उम्मेद्धवारी दिएको हुनसक्छ। एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ। दोस्रो, अध्यक्षमा उम्मेद्धवारी दिने अनि जित्ने कुनै सम्भावना छैन्।

तर, पराजित भएपनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ, भीम रावलले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन। उहाँले उम्मेद्धवारी फिर्ता गरेर जानुपर्छ। ’उनले भने,‘चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ, विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ।’

मधेशमा एमाले र ओलीविरुद्ध गतिविधि 

विगतमा मधेशमा एमाले र ओलीविरुद्ध गतिविधि भएको पनि बस्नेतले स्मरण गराए। ‘अहिले एमालेको प्रभाव दुई नम्बर प्रदेशमा धेरै राम्रो प्रभाव छ। एमालेको लहर सिर्जना भएको छ। द्धन्द्धको बेलामा एमालेको मनोभाव कमजोर थियो। ओलीले कार्यकर्ताको संरक्षण गर्नुभयो।

हामीले एमालेको पंक्तिको मनोवल बढाउने काम गर्यौं। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने कामको नेतृत्व ओलीले गर्नुभयो। एमालेको सरकार मजबुद बनाउने कुरामा, मधेशका मुद्दा सम्बोधन गर्ने, विप्लव समूह र सिके राउतलाई मूलधारमा ल्याउन भूमिका खेल्नुभयो। त्यसको लागि हामीले सशक्त भूमिका खेल्यौं।

’ उनले भने, ‘ मैले भक्तपुरलाई नमूना विकासको मोडेल जिल्लाको रुपमा अघि बढाएको छु। १३ महिना उद्योगमन्त्री भएको बेला सुधारको लागि मैले धेरै भूमिका खेलेको छु। जिर्ण रहेका उद्योगलाई पूनर्जिवन दिएँ। विकासको एउटा मोडेलको रुपमा झत्तपुरलाइ अघि बढाएको कुरा सबैलाई थाहा नै छ, सरकारको नेतृत्व गर्दा अध्यक्ष ओलीले अघि सार्नुभएको समृद्ध नेपाल, सुखी नेपाली नारा साकार पार्ने अभियानमा म सशक्त रुपमा अघि बढेको छु, म सधैं अग्रपँक्तिमा लागें।’

उनले एमाले युवामैत्री पार्टी भएको पनि दाबी गरे। बस्नेतले अध्यक्ष ओलीले आजसम्म मुख खोलेर कसैलाई पनि यो पदमा उम्मेद्वारी दिनुहोस् भनेर नभनेको पनि स्पष्ट पारे। उनले भने,‘मेरो उम्मेद्धवारीलाई पुष्ट्याँई गर्ने मसँग आधार छन्। दुई हजार साथीहरुले विश्वास गर्नुभएको छ। अध्यक्षको सहानुभुति मप्रति हुन्छ। सद्भाव रहनेछ।’

बस्नेतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले गठबन्धन बनाएर सक्न खोजेको आरोप लगाए। ‘लामो समयदेखि नेकपा एमालेको संगठनमा एकखालको निष्क्रियताजस्तो थियो। अब प्रचण्ड कमरेडले कुनै समय एमालेलाई जुधेर सक्न खोज्नुभएको थियो, लड्न खोज्नुभाथ्यो, कुनै समय एमाले मिलेर सक्नखोज्नुभयो, अहिले गठबन्धन बनाएर एमाले सक्न खोजिरहनुभाको छ ।

’उनले भने,‘उहाँसँगको एकताको प्रक्रियामा हाम्रा धेरै कमरेडहरु एउटा भूमिकाविहीन भएको र तीन वर्षसम्म हामी गतिविहीन भएकोजस्तो, संगठनविहीन भएको अवस्थामा, अहिले हामी फेरि महाधिवेशनको दौरानबाट फेरि संगठनमा नयाँ जागरण ल्याईरहेका छौं। संगठन निर्माणको अभियान चलाईराखेका छौं।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 198
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    198
    Shares

प्रतिक्रिया दिनुहोस !