सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही नै वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो : के.पी ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेको १० औँं महाधिवेशन आउन अब केही घण्टा मात्र बाँकी छ । नेतृत्व चयनका लागि हुन लागेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष देखि केन्द्रीय सदस्यसम्म कयौँ नेताहरु आकांक्षी देखिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्न चाहेको यो महाधिवेशन आकांक्षी धेरै भएकाले निर्वाचन हुने निश्चित छ । यसबीच अध्यक्ष ओलीले ठूलो घोषणा गरेका छन् । ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको बताएका हुन् ।

एमालेको दशौं महाधिवेशन १० मंसिरमा चितवनमा सुरु हुँदैछ, तर पदाधिकारीका आकांक्षीहरुले मुख खोलेका छैनन् । उनीहरु अध्यक्ष ओलीको संकेत पर्खिरहेका छन् ।

मंगलबार सम्पादकहरुसँग भएको छलफलमा ओलीले भने आफ्नो कुनै रोजाइ नभएको बताए । नले भने, ‘जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो ।’

यस्तै ओलीले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको बताएका छन् । सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भने केही मानिस चोइटिएर जाँदा ल्याङल्याङ सकिएको बताए ।

‘सञ्चार माध्यमहरुले एमालेका कति ल्याङल्याङ भनेका थिए । केही मानिस चोइटेर गएका छन् । त्यसले ल्याङल्याङ अन्त्य गरेको छ’, ओलीले भने, ‘एमाले फुट्यो कमजोर भयो भनिएको छ तर हामी सत्तामा थियौं ।’

‘प्रतिपक्षमा मात्रै पुगेका छौं । शुद्धिकरण र सुढृदीकरणको अवसरमा मिलेको छ । केही मानिसहरु चोइटिएर जाँदा पार्टी शुद्धिकरण सुदृढ भएको छ ।’ उनले भने ।

एमालेमा अध्यक्षका लागि केपी ओली र भीम रावव, बरिष्ठ उपाध्क्षका लागि माओवादीबाट आएका रामबहादुर थापा, महासचिव इश्वर पोखरेल र सुवास नेम्वाङले दावि गरिरहेका छन् । त्यस्तै महासचिवमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, संकर पोखरेल र सुरेन्द्र पाण्डेले दावि गरिरहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 114
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    114
    Shares

प्रतिक्रिया दिनुहोस !