अष्ट्रेलिया र जापानका बोर्डरहररु खुलेसंगै शैक्षिक परामर्श व्यसायमा चलायमान सुरु;

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – अष्ट्रेलिया र जापानका बोर्डरहररु खुलेसंगै शैक्षिक परामर्श व्यसायमा चलायमान आएको छ । झण्डै दुई बर्षदेखि जापान र अष्ट्रेलियाले विदेशी नागरिकहरुका लागि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेका थिए ।

कोरोना भाइरस (कोभिड १९) का कारण बन्द रहेका नाकाहरु आधाभन्दा बढिले कोरोना खोप लगाइसकेपछि खोलिएका छन् । अहिले पनि विदेशबाट जापान, अष्ट्रेलिया प्रबेश गर्ने नागरिकका लागि मान्यता प्राप्त खोप लगाएको प्रमाणपत्र अनिवार्य गरेका छन् । केही दिन अघि मात्रै अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । त्यस्तै, जापान सरकारले यसअघि नै बोर्डर खोलिसकेको थियो ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले अब शैक्षिक परामर्श व्यवसाय पुरानै लयमा फर्किएको सन्देश दिएको छ । काठमाडौँ पत्रकार सम्मेलनको आयोजना गर्दै इक्यानले अब बजार पुरानै अवस्थामा फर्किन लागेकाले संयमित भएर व्यवसाय गर्न इक्यानका सदस्यहरुलाई आह्वान गरेको छ ।

इक्यानले कोरोना कालमा भिसा लागेर अनलाइन कक्षा लिइरहेका ३७ सय भन्दा धेरै विद्यार्थीहरुलाई अष्ट्रेलिया सरकारले पहिलो प्राथमिकता दिने भएकाले त्यसका लागि बुझेर सहकार्य गर्न सबैलाई अपिल गरेको छ ।

‘अष्ट्रेलियाले सबै खोपहरुलाई मान्यता दिएको छैन्, मान्यता दिएका र नदिएका खोपहरुको बारेमा पहिला जानकारी लिन पर्यो ।’ पत्रकार सम्मेलनमा बोल्दै इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भने, ‘अष्ट्रेलियाले हामीले लगायका खोपहरुलाई मान्यता दिएको छ । तर नाममा केही कन्फ्युजना रहेकाले खोप कार्ड बनाउन बास्तविक नामका बारेमा जानेरी लिनपर्ने हुन्छ । त्यसका लागि व्यवसायी साथिहरुले अलिकति मिहिनेत गर्नै पर्ने छ ।’

अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियाले डिसेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय गरेको भन्ने समाचारबारे पनि कतिपयलाई भ्रम रहेको र उक्त भ्रम चिर्नकै लागि पत्रकार सम्मेलन आयोजना गरिएको बताए।

उनका अनुसार ए.सी.टी, न्यु साउथ वेल्स र भिक्टोरिया राज्यले मात्रै हालका लागि क्वारेनटिन नबसी यात्रा गर्न सकिने अनुमति दिएका छन्। इक्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अस्ट्रेलियन सरकारले मान्यता प्रदान गरेको खोपको पूर्ण मात्रा प्राप्त गरेका नागरिकहरू मात्रै यात्रा गर्नका लागि योग्य हुनेछन्।

त्यस्तै आफूले यात्रा गर्न चाहेको कुनै पनि राज्य वा क्षेत्रमा क्वारेण्टिनको व्यवस्थाबारे आफैँ स्वयम् सचेत भएर अघि बढ्न इक्यानले सुझाव दिएको छ।

प्रेस विज्ञप्तिमा महामारी पछि खुलेको जापान पठाउँदा पनि विभिन्न समस्या आएको र ती समस्या समाधान कै प्रयासमा ईक्यान रहँदा अस्ट्रेलिया र अन्य गन्तव्यमा ती समस्या नआउन् भनेर सचेत भएर काम गरिरहेको बताइएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

प्रतिक्रिया दिनुहोस !